भक्तपुर, २० भदौ । नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

Advertisement

नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो ।

नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए काँग्रेसको पाँच जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!