ओस्लो, २० भदौ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ ।

Advertisement

सो टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ ।

ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको निर्माणकर्ताहरुले बताएका छन् ।

काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ, एक जना व्यापारी अर्थर बुच्चर्डले भन्नुभयो ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उहाँले बताउनुभयो ।

आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।

टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो रहेको छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ ।

भियनाको टावरमा मिश्रित सामग्रीहरु रहेका छन् । त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्रीहरु रहेका छन् । त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो होइन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!