काठमाडौँ, २० भदौ । कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो ।
सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
संघीय निजामती सेवा ऐनको विधेयकले निजामती सेवालाई झनै सुस्त र भद्दा बनाउने कर्मचारीहरूको ठहर छ ।
उनीहरूले कार्यसम्पादन क्षमतालाई बढुवाको मुख्य आधार बनाउनुपर्ने माग गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।