प्रेम देवान/संगालोखबर

विराटनगर, २० भदौ । हिनामिना गरिएको बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै जिल्ला अदालत मोरङले विराटनगर–९ स्थित प्राईम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकलाई थुनामा राख्न आदेश दिएको छ ।

Advertisement

सहकारीका बचतकर्ताको करिब ४ करोड रकम फिर्ता नदिएको भन्दै जिल्ला अदालतले सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश दिपक खनालको ईजालासले सहकारीका प्रबन्धक तथा सचिब विराटनगरका ३४ बर्षीय ईश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० बर्षीय विष्णु प्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरुलाई मुलुकी ऐनको अदालती बन्दवस्तीको ११८ को २ बमोजिम थुनामा राख्न आदेश दिईएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले बताए ।

विराटनगरको बाटारोडमा सञ्चालित सहकारीका २ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!