चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन शुरु
काठमाडौँ, ८ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।
एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा भइरहेको सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता छ ।
‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित हुने पाँच दिने सो सम्मेलनको नेपाली काँ...





























