काठमाडौँ, १३ फागुन । थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो ।

Advertisement

नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताउनुभयो ।

थारु संघर्ष समितिका अगुवा एव अभियन्ता डा सुरेन्द्रकुमार चौधरीले नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा थारुले बलिदान गरेको स्मरण गर्दै राज्यले उनीहरुमाथि विभेद गर्न नहुने बताउनुभयो ।

थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सचिव तुलसी थारुले देशमा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका थारु समुदायले देश विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!