नेपालगन्ज, १३ फागुन ।  नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भन्नुभयो ।

Advertisement

पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अझैँ सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भन्नुभयो ।

एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने छ भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!