कैलाली, १३ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले खाद्य अधिकारबाट वञ्चित भएका व्यक्तिको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी, पहिरो र आरक्षपीडितको ज्ञापनपत्र बुझ्दै उहाँले खाद्य अधिकारबाट वञ्चित व्यक्तिका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै समस्या समाधानका लागि केन्द्र सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

Advertisement

हरेक नागरिकको खाद्य अधिकार सुरक्षित हुनुपर्ने भन्दै मुख्यमन्त्री भट्टले बाढी, पहिरो र आरक्षपीडित सहितका जनताको खाद्य अधिकार सुनिश्चित गर्न नयाँ कानून बनाइने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै बझाङका रंगलाल कामी र खाद्य अधिकारमा कार्यरत याक नेपालका डबल वमले ७ नं प्रदेशमा खाद्य अधिकार गुम्नका विभिन्न कारणबारे चर्चा गर्नुभएको थियो ।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन कैलालीका बाढीपीडित, कञ्चनपुरका आरक्षपीडित र डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुराका पहिरोपीडित मुख्यमन्त्रीको कार्यालयमा पुगेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!