सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास

सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास

काठमाडौँ, १६ माघ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष डा लोहनीले आज विज्ञप्ति जारी गरी देशमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल आमाका सपूत शहीदले देखाएको त्यागको आदर्श र निष्ठालाई नयाँ पुस्ताले सदैव सम्मान गर्न...
गाउँपालिका अध्यक्ष गुप्तालाई पटक-पटक ज्यान मार्ने धम्की

गाउँपालिका अध्यक्ष गुप्तालाई पटक-पटक ज्यान मार्ने धम्की

नवलपरासी, १६ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा ...
अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो

अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो

वासिङ्टन, १६ माघ । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन । तर...
‘जिउँदो शहीद’ को रिक्सा सहारा

‘जिउँदो शहीद’ को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ ।  जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै काँधमा छ, त्यसैले उहाँ सकिनसकी सिटी रिक्सा चलाइरहनुभएको छ । “के गर्नू, गरी ...
‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै

‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै

पाल्पा, १६ माघ ।  पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन् । सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन् । करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि कच्चा पदार्थ धातु, काँच, मैन र कोइलाको अभावले उद्योग...
प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । कार्यक्रममा सुरक्षा...
प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

विराटनगर,१६ माघ । प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले कानुनविद्सँगको परामर्शपछि अधिवेशन आह्वान गरिएको जानकारी दिए । अधिवेशन विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा हुनेछ ।
बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

तेह्रथुम, १६ माघ।  तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका नि...
ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बैतडी, १६ माघ।  ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिनुभयो । घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासि आएको ढुंगाले सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्...
सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

इलाम, १६ माघ।  इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक/एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । प्रथम नगरसभाबाट स्वीकृत आव ...
बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बागलुङ, १६ माघ ।  धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरल...
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते

डडेल्धुरा, १६ माघ । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल...
बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर छानबिनमा तानिए

बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर छानबिनमा तानिए

काठमाडौं,१६ माघ ।  दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाइएकाे सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र मिलाइएपछि नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका छन् । काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका थिए । बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्र...
भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीच...
भारतमा बस दुर्घटनामा परी ३५ जनाको मृत्यु

भारतमा बस दुर्घटनामा परी ३५ जनाको मृत्यु

नयाँदिल्ली, १६ माघ।  भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । “ब...
बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड ,१६ माघ । लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भली...
देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

पथरी, मोरङ, १६ माघ।  मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उहाँको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध ग...
शहीद दिवशमा अध्यक्ष ओलीको सन्देश

शहीद दिवशमा अध्यक्ष ओलीको सन्देश

काठमाडौँ, १६ माघ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ । शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्...
हात्ती आतंक नियन्त्रण गर्न वनपथ

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

बनियानी, झापा, १६ माघ।  हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ । नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४/०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ । “प्रारम्भिक चरणमा रु ५५ ला...
सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

काठमाडौं, १६ माघ। प्रहरीले उपत्यकाका पाँच अस्पतालमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबार छापा मारी अस्पताल सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ गरेको छ । प्रहरीले ठमेलस्थित एपोलो क्लिनिक, बौद्धको चाइना ग्रेटवाल अस्पताल, चाइना पिपुल अस्पताल, चाइना डेन्टल अस्पताल र सिविकमा छापा मारेको हो । चाइना ग्रेटवाल,...
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ।  प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३/७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार/चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन/तीन जनाले उपचार गराइरहे...
सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

तेह्रथुम, १६ माघ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो । गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको...
मेलमिलाप र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रम

मेलमिलाप र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रम

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन...
‘उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

‘उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

काठमाडौँ, १६ माघ।  राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्नुभएको छ, “सबैलाई राष्ट्र निर्माणको...
२०७४ माघ १६ गते मंगलबारको राशिफल

२०७४ माघ १६ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल माघ १६ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ३० तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २१:४८ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि ब...
प्रदेश नं १ मा छ जना निर्विरोध

प्रदेश नं १ मा छ जना निर्विरोध

विराटनगर, १५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगर...
आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

संखुवासभा, १५ माघ । संखुवासभाका सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगबिहीन बन्दै गएका छन् । सरकारी कार्यालयहरूमा काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् । सुशासन, पारदर्शी र जवाफदेहिताको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् ।...
चूडामणी शर्माविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

चूडामणी शर्माविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

काठमाडौँ, १५ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार उनी माथि छानबिन गर्दा ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबर...
छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

काठमाडौँ, १५ माघ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो । ...
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

खोटाङ, १५ माघ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनालगत्तै...
रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

काठमाडौ, १५ माघ।  सरकारले रसुवागढी–चिलिमे–गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । रस...
error: Content is protected !!