काठमाडौँ, २५ फागुन ।  खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ ।

लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

Advertisement

पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पाँचांैमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताउनुभयो ।

“अध्ययनपछि धातु र अधातु के/के छ भनेर अध्ययन गछौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ”– उहाँले भन्नुभयो ।

विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!