डोटी, ७ चैत । नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।

Advertisement

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।
घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्र्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!