पथरी, मोरङ, १८ चैत।  वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गरे ।

समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा  दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो । गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!