काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ ।

Advertisement

दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा  भेट गर्नुभएको हो ।

उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!