भारतको महाराष्ट्रकम आफ्ना प्रेमीसँग एक होटलमा पुगेकी युवतीको सेक्स पावरको औषधीको अधिक मात्राका कारण मृत्यु भएको भारतीय समाचार माध्यमले बताएको छ ।
स्रोतका अनुसार सूई लगाउने बित्तिकै युवतीको स्थिती बिग्रिएपछि उनका प्रेमीले उनलाई होटलमा नै छोडी फरार भएका थिए । पुलिसले उनको खोजी गरिरहेको बताएको छ ।
पुलिसका अनुसार भारतको अमृतनगरस्थित रशिद कम्पाउन्डमा बस्ने २९ वर्षीया युवती गत आइतबार अशोका होटल पुगेकी थिइन् । त्यहाँ युवतीले सेक्स पावर बढाउने सूई लगाएको पुलिसले बताएको छ ।
इन्जेक्शनको डोज धेरै भएका कारण उनको स्थिती खराब भएपछि प्रेमीले होटलको कोठामा नै छोडेर गएको पुलिसले जानकारी दिएको छ । केही समयपछि होटलका कर्मचारीले ढोका खोलेर हेर्दा युवती बेहोस भएको स्रोतले जानकारी दिएको छ ।
पुलिसका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनको प्राथमिक उपचारपश्चात् होस आएको र उनले आफ्नो नाम, ठेगाना डाक्टरलाई बताएकी थिइन् तर उनको केही समयपछि अचानक मृत्यु भयो ।