काठमाडौं, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।

Advertisement

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आगामी सोमबार चीन प्रस्थान गर्ने तयारीमा जुट्नु भएको छ ।

दुवै मुलुक वीच विगतमा भएका सहमति/सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समिक्षा गर्न र उच्च स्तरिय भ्रमणको तयारीका लागि उहाँ बेजिङ जाने तयारीमा जुट्नु भएको हो ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुट्नु भएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!