प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित: सांसद् शाक्य
काठमाडौँ, २१ फागुन । प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताउनुभएको छ ।
लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा (एमाले) समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ वा वागमती जोडिएका नामले सबै आधारलाई समेट्न नसक्ने जनाउ...































