म्यानचेष्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि
काठमाडौं, ३ वैशाख। इंग्लिस प्रिमियर लिगमा उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार म्यानचेस्टर युनाइटेड अप्रत्यासित रुपमा रेलिगेशन जोनको पुछारमा रहेको वेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहँदै उपाधि कब्जा गर्न सफल भयो।
युनाइटेडको अप्रत्यासित हारपछि सिटीले दोस्रो स्थानको डर्वि जाइन्ट युनाईटेड भन्दा १६ अंकको अग्रता बनाउन सफल भएको छ। बाँकी पाँचै खेलमा युनाइटेडले ज...





























