विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रसको कोशी बेसिन परियोजना
काठमाडौँ, १७ जेठ । प्राकृतिक विपद् पूर्वतयारी र समुदायमा उत्थानशीलता अभिवृद्धि गर्न मानवीय सेवाको उच्च निकाय नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक साझेदारीमा तराईका तीन जिल्लामा समुुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कोशी बेसिन परियोजना शुरु गरेको छ ।
सुनसरी, सप्तरी र उदयपुरका विभिन्न चार गाउँपालिका तथा नगरपालिकामा रु छ करोड सहयोग गर्ने...






























