काठमाडौँ, १७ जेठ । आफ्ना माग पूरा गराउन अनशन बस्ने परम्परा पुरानै हो । तर बैतडीमा एक व्यक्ति अनौठो माग राखेर अनशन बसेका छन् ।

Advertisement

राजधानी दैनिकका अनुसार, बैतडीका ७८ वर्षीय दशरथ सिंह तीन दिनदेखि आमरण अनशनमा छन् । उनको माग छ– सडकमा गाडी गुडेको देख्न पाउनुपर्यो ।

जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ । यही रहर पूरा गर्न सोमबारदेखि उनी अनशन बसेका छन् ।

मंगलबार सडकले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द्र नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!