लहान, १७ जेठ । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ।

Advertisement

कमला नदीको बगरमा तारबुजा टिप्न जाँदा विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी छोरी १६ वर्षीया अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए।

सर्पद‌ंशबाट गम्भीर उनको समयमै उपचार हुन नसक्दा मृत्यु भएको वडाध्यक्ष राइनले बताए ।

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था हुन नसकेको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!