भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक
इनरुवा, १२ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गर्नुभएको हो ।
दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको भोक्राहा नरसिंह गाउँपालिकाका...































