सोलुखुम्बु जीप दुर्घटना अपडेट: ६ जनाको सनाखत

सोलुखुम्बु जीप दुर्घटना अपडेट: ६ जनाको सनाखत

सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर सिरिषेका जीप चालक २१ बर्षिय कुसाङ तामाङसहित ५ जना यात्रुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिक...
लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर, १५ असार । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ । चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गर...
नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर, १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर...
धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियोसहित)

धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियोसहित)

काठमाडौं, १५ असार  । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे  दुर्घटना भएकाे हाे । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचा...
ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई प्रदान गरेका छन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुव...
सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु, १५ असार। सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचा...
धनकुटामा दुई वटा तालिमको अनुगमन

धनकुटामा दुई वटा तालिमको अनुगमन

धनकुटा, १५ असार । धनकुटा नगरपालिका–९ मा सञ्चालन भइरहेका दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ । अनुगमन समितिले ढाका कपडा बुनाई तालिम र अचार बनाउने तालिमको अनुगमन गरेको हो । अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका निमित्त निर्देशक दिपेन्द्र अधिकारी, नायव सुब्बा होम बहादुर थापासहित नगरपालिकाका प्रति...
चौबिसेका कृषकलाई कृषि सामाग्री हस्तान्तरण

चौबिसेका कृषकलाई कृषि सामाग्री हस्तान्तरण

धनकुटा, १५ असार । धनकुटाको चौविसे गाउँपालिका–६ का कृषकका लागि कृषि सामाग्री हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यालय धनकुटाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले कृषि सामाग्री प्रदान गरेको हो । आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालित कृषि तालिममा सिप सिकेकाहरुलाई ८० प्रतिशत छुटमा टनेल, स्...
खतराको सूचीबाट हट्यो नेपालको विश्व सम्पदा क्षेत्र

खतराको सूचीबाट हट्यो नेपालको विश्व सम्पदा क्षेत्र

काठमाडौँ, १५ असार । विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ । युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो । भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । हाल सम्पदाहरुको पनुर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको सूचीमा न...
विदेशबाट ७८ अर्ब ल्याउँदै बैंक

विदेशबाट ७८ अर्ब ल्याउँदै बैंक

काठमाडौँ, १५ असार । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ प्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुलाई विदेशबाट ऋण ल्याउन बाटो खुलेको हो । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको प्राथमिक पुँजी करिब तीन खर्ब ११ अर्ब रुपै...
१० महिनामा २४ अर्बको चामल आयात

१० महिनामा २४ अर्बको चामल आयात

काठमाडौँ, १५ असार । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको  छ । सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४–७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ । गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान...
रौतहटमा प्रहरी र हतियारधारी आपराधिक समूहवीच भिडन्त, एक जनाको मृत्यु

रौतहटमा प्रहरी र हतियारधारी आपराधिक समूहवीच भिडन्त, एक जनाको मृत्यु

रौतहट, १५ असार । रौतहटमा बिहीबार राति प्रहरी र हतियारधारी आपराधिक समूहवीच दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ । र...
२०७५ असार १५ गते शुक्रबार/आजको राशिफल

२०७५ असार १५ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १५ गते। शुक्रबार। इश्वी सन् २०१८ जुन २९ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– प्रतिपदा, ११:२४ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो...
टेलिफोन ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन

टेलिफोन ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन

झापा, १४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ गाउँमा सञ्चार सुविधा विस्तार गरिने बताउनुभएको छ । अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा नेपाल टेलिकमको ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै पनि नागरिक सञ्चारको सुविधाबाट वञ्चित नहुने बताउनुभयो । उहाँले समृद्धिका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको विस्तार मुलुकको दूरदराजसम्म...
जनसङ्ख्या दोब्बर हुँदा धान उत्पादन वृद्धि भने कछुवा गतिमा

जनसङ्ख्या दोब्बर हुँदा धान उत्पादन वृद्धि भने कछुवा गतिमा

काठमाडौँ। असार महिनालाई मानो रोपेर मुरी फलाउने वेला भनिन्छ । असार १५ गते धान दिवस पनि रहेकाले यसलाई बिशेष तरिकाले मनाउँने चलन छ । ‘धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु...
मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

काठमाडौँ, १४ असार ।  ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा आज सम्मानित हुनुभएको छ । जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ । फाउण्डेशनले प्रदान गरेको उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलाम...
प्रदेश नं १ लाई नमूना प्रदेश बनाइने: मुख्यमन्त्री राई

प्रदेश नं १ लाई नमूना प्रदेश बनाइने: मुख्यमन्त्री राई

इलाम, १४ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र जलविद्युत्का क्षेत्रलाई विशेष प्राथमिकतामा र...
सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई

सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई

काठमाडौँ, १४ असार । भौतिकशास्त्रका प्रा. डा. बलराम जोशीको स्मृतिमा स्थापित ‘डा बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार’ प्रा डा वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ । तीन दशकभन्दा बढी त्रिविवि नेपाली केन्द्रीय विभागमा शिक्षण एवं नेपाली भाषासाहित्यका समालोचना, कथा, कविता आदि विधामा योगदान पु¥याएवापत प्रा डा त्रिपाठीलाई अर्पण गरिएको सो पुरस्कारको राशि रु २५ हजार १०१ तथा साथमा सम्मानपत्र छ । यसैगरी डा ब...
युवा अवस्थामै कपाल फुल्ने समस्या देखिएको छ ? अपनाउनुहोस् यस्तो घरेलु उपचार

युवा अवस्थामै कपाल फुल्ने समस्या देखिएको छ ? अपनाउनुहोस् यस्तो घरेलु उपचार

काठमाडौँ । यदि तपाईको उमेर नपुग्दै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो कपाल । कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निकै फाइदाजनक छ । – कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरि...
मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता – मन्त्री बाँस्कोटा

मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता – मन्त्री बाँस्कोटा

झापा, १४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो । “विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उहाँले भन्नुभयो – ...
झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, १४ असार । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर ग...
अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

सोल, १४ असार । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ । उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ । प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली...
धनकुटामा पाँच जना जेष्ठ नागरिकलाई सम्मान

धनकुटामा पाँच जना जेष्ठ नागरिकलाई सम्मान

धनकुटा, १४ असार । धनकुटा नगरपालिका–२ का पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सञ्जालले वडा कार्यालयमा कार्यक्रम गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा ५६ जना आजिवन सदस्य र साधारण सदस्यलाई मायाको चिनो प्रदान गरिएको जेष्ठ नागरिक सञ्जालका अध्यक्ष भक्तबहादुर भण्डारीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष चन्द्रलाल तामाङले अग्रजलाई सम्मान गर्ने परिपाटीको बिकास गर्नुपर्ने...
निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमल...
फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर, १४ असार । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्...
जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा, १४ असार ।  झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबार...
जननेता भण्डारीको ६७ औँ जन्मजयन्ती आज

जननेता भण्डारीको ६७ औँ जन्मजयन्ती आज

काठमाडौँ, १४ असार । जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । विश्व ...
अपडेटः धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, मार्पाक र सत्यदेवीमा पाँच घाइते, नौ घरमा क्षति

अपडेटः धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, मार्पाक र सत्यदेवीमा पाँच घाइते, नौ घरमा क्षति

धादिङ, १४ असार । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ । अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा, १४ असार । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । हराएका एकजनाको खोजीकार्य भइरहेको...
धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १४ असार ।  काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १४ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार...
error: Content is protected !!