ईश्वर थापा/संगालोखबर

धनकुटा, १५ असार । धनकुटाको चौविसे गाउँपालिका–६ का कृषकका लागि कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

Advertisement

घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यालय धनकुटाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले कृषि सामाग्री प्रदान गरेको हो ।

आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालित कृषि तालिममा सिप सिकेकाहरुलाई ८० प्रतिशत छुटमा टनेल, स्प्रेट्यांकी, हजारी र स्प्रिङका १४/१४ थान तथा इन्टरलक मेसिन २ थान, आइरन ३ थान, आरी ८ थान र उन्नत जातको एउटा बोका प्रदान गरिएको छ ।

स्थानीय मिलन चोकमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक दिपेन्द्र अधिकारी लगायतले कृषि सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिसस प्रमुख चुवानले अनुदान प्रविधिको पूर्ण सदुपयोग गर्न आग्रह गर्दै आर्थिक रुपमा सशक्तीकरण नहुँदासम्म विकास सम्भव नभएको बताए ।

चौविसे गाउँपालिकाका अध्यक्ष राईले पनि अनुदानमा पाएका सामाग्रीलाई भरपुर प्रयोग गर्न आग्रह गर्दै अनुदानमा सामाग्री लिएर प्रयोग नगरेको भेटिए गाउँपालिकाले कारबाही गर्ने चेतावनी दिए ।

घरेलु तथा साना उद्योग विकास समितिले हरेक वर्ष गरिवी निवारणका लागि सिपमुलक तालिम तथा अनुदानमा आवश्यक सामग्री वितरण गर्दै आएको कार्यालयका नायब सुब्बा होमबहादुर थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!