संगालोखबर सम्वाददाता

धनकुटा, १५ असार । धनकुटा नगरपालिका–९ मा सञ्चालन भइरहेका दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ । अनुगमन समितिले ढाका कपडा बुनाई तालिम र अचार बनाउने तालिमको अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका निमित्त निर्देशक दिपेन्द्र अधिकारी, नायव सुब्बा होम बहादुर थापासहित नगरपालिकाका प्रतिनिधि सहभागि थिए ।

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा महिला सिप विकास केन्द्र इटहरीले तीन महिने ढाका कपडा बुनाई तालिम र अचार बनाउँने एक महिने तालिम सञ्चालन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!