अनलाइनखबर

सोलुखुम्बु, १५ असार। सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!