काठमाडौ, ४ असार । द्वन्द्वकालीन र गम्भीर मानवअधिकार हननका घटनाका दोषीमाथि कारबाहीका लागि छानबिन गर्न बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोग अनुसन्धानमै अलमलिएको छ ।

Advertisement

छानबिन कसरी गर्ने भन्ने टुंगो लगाउन नसक्दा अधिकांश उजुरीको अनुसन्धानसमेत हुन सकेको छैन ।

सातै प्रदेशबाट ६० हजार ३ सय १६ उजुरी संकलन भएकामा २ हजार ६ सय ७ उजुरीको मात्रै विस्तृत अनुसन्धान पूरा भएको छ । तर, कारबाहीको सिफारिसका लागि के गर्ने भन्ने विषयमा अझै अन्योल रहेको सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य माधवी भट्टले बताइन् ।

आयोगले काम गरिरहेको, तर सबै फाइल अनुसन्धान सक्न भने समय लाग्ने उनको भनाइ छ ।  आजको नयाँ पत्रिकामा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!