काठमाडौ, ४ असार । महिलामाथि गलत अाशयले कर्के नजर लगाउने वा जिस्काउने गर्नुहुन्छ भने अब कानुनकाे फन्दामा पर्नुहुनेछ  । कुनै महिलाप्रतिको  हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानुन आकर्षित हुने गर्छ ।

Advertisement

मुलुकी ऐनजस्तै मुलुकी अपराध(संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ। भदौबाट लागू हुने मुलुकी फौजदारी संहिताले ऐनमा महिलाको मञ्जुरीविना कुदृष्टि वा ‘नजर’ लगाई करणीको अशयले हेरेमा, शरीका संवेदनशील अंग छुने प्रयास गरेमा, अश्लील शब्द प्रयोग गरेमा वा अश्लील शब्दले गाली गरेमा यौन दुर्व्यवहार अपराध हुने व्यवस्था गरेको छ।

त्यस्तै लिखित, मौखिक, सांकेतिक भाषा, तस्विर, चित्र देखाई वा विद्युतीय उपकरण प्रयोग गरी यौन आशयले जिस्काएमा, अस्वाभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेमा पनि यौन दुर्व्यवहार गरेको ठहरिने कानुनमा उल्लेख छ।  गोरखापत्र दैनिकमा खबर छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!