लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

काठमाडौैँ, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, ...
मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

काठमाडौं,८ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’ बासमत...
गर्भवती महिलालाई पोषण आहार

गर्भवती महिलालाई पोषण आहार

गौशाला, ८ साउन । बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ । बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । नगर प्रमुख कार्कीले सोमबार एक कार्यक्रमबीच बर्दिवास नगरपालिका– १, २ र १४ ...
दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

काठमाडौँ, ८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१ औँ  बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भने । नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक...
एक वर्षमा १४ सय सर्पदंश विरामीको उपचार

एक वर्षमा १४ सय सर्पदंश विरामीको उपचार

इटहरी, ८ साउन । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सेवा केन्द्रले गत वर्ष एक हजार ४ सय ७ जना सर्पदंशका पीडितको उपचार भएको छ । सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँ-गाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।  सर्पदंशका पीडितको उपचारमा सक्रिय रहेका पदमबहादुर राईले सर्प...
चार दशकपछि राना-थारु समुदायको परम्परागत ‘साउने डोला’

चार दशकपछि राना-थारु समुदायको परम्परागत ‘साउने डोला’

भीमदत्तनगर, ८ साउन । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत ...
पहिरोले पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

पहिरोले पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

उदयपुर, ८ साउन । निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन । पहि...
विकास निर्माण कार्यको अनुगमन शुरु: काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

विकास निर्माण कार्यको अनुगमन शुरु: काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

भक्तपुर, ८ साउन । प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गर्नुभएको हो । डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आ...
धादिङमा ४.८ रेक्टरको पराकम्प

धादिङमा ४.८ रेक्टरको पराकम्प

काठमाडौँ, ८ साउन । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भ...
सान्नेका मृगौलापीडित मगरलाई युवा संघको सहयोग

सान्नेका मृगौलापीडित मगरलाई युवा संघको सहयोग

धनकुटा, ८ साउन । दुवै मृगौला फेल भएर उपचाररत धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका चुणामणी पुलामी मगरलाई तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपाल धनकुटाले आर्थिक सहयोग गरेको छ । चार महिना अघिदेखि मृगौला पीडित भई काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा डाइलासिस गराई रहेका ३४ वर्षीय मगरको मृगौला प्रत्यारोपणका लागि युवा संघले ८३ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । युवा संघ धनकुटा जिल्ला सदस...
मोदी नेपाल आउँदा ६ करोड स्वाहा

मोदी नेपाल आउँदा ६ करोड स्वाहा

काठमाडौँ, ८ असार ।  सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिबद्धताविपरीत अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको कारोबारमा खबर छ । मोदी वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै...
झापामा लोपोन्मुख मेचे समुदायको पहिचान झल्काउने संग्रहालय

झापामा लोपोन्मुख मेचे समुदायको पहिचान झल्काउने संग्रहालय

भद्रपुर, ८ साउन । लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ । मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला र संस्कृति झल्किने सामग्री राख्ने तयारी भइरहेको मेचे समाज शिवियारी आफातकी जिल्ल...
यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

काठमाडौँ, ८ असार ।  झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट...
यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सील...
राहतस्वरूप गंगामायालाई एक करोड

राहतस्वरूप गंगामायालाई एक करोड

काठमाडौँ, ८ असार । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो । गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौत...
बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता

बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता

काठमाडौँ, ८ असार । सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ । वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट जानकारी दिए । सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीम...
एक वर्षमा ३० अर्बको चामल आयात

एक वर्षमा ३० अर्बको चामल आयात

काठमाडौँ, ८ असार । नेपालमा ३१ लाख हेक्टरमा खेतीयोग्य जमिन रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ । अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ। यसको बजार मूल्य एक खर्बभन्दा बढी हुन आउँछ । तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको चामल आयात भइरहेको छ। आर्थिक वर्ष २०७४ ७...
जनताको विश्वास गुमाउँदै सरकार

जनताको विश्वास गुमाउँदै सरकार

काठमाडौँ, ८ असार । नयाँ संविधानबमोजिम निर्वाचनबाट चुनिएको वर्तमान सरकारसँग नेपाल र नेपालीको विशेष अपेक्षा रहनु स्वाभाविक हो । विशेषतः लामो समय संक्रमणकाल, सशस्त्र द्वन्द्वबाट गुज्ररिनुपरेको नेपाल र नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक न्यायसहित समावेशी विकासमा मुलुकलाई डो¥याउनु आजको आवश्यकता पनि हो । केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार जुन ढंगले चल्दै छ, जे–जस्ता सोच र विचारहरु सत्तापक्षबाट...
अब मजदुरले आन्दोलन नै गर्न नपाउने

अब मजदुरले आन्दोलन नै गर्न नपाउने

काठमाडौँ, ८ असार । नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही नेताले होटल तथा क्यास...
२०७५ साउन ८ गते मंगलबार/आजको राशिफल

२०७५ साउन ८ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ८ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई २४ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– द्वादशी, १९:१८ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि ...
डा. केसीको अडानका कारण वार्ता हुन सकेन: मन्त्री बस्नेत

डा. केसीको अडानका कारण वार्ता हुन सकेन: मन्त्री बस्नेत

धनकुटा, ७ साउन । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले डा.गोविन्द केसीको अडानका कारण उनीसँग वार्ता हुन नसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार धनकुटामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सरकारले वार्ता समिति गठन गरिसकेको भएपनि केसीको हटका कारण बार्ता हुन नसकेको उनले दावी गरे ।...
५३ लाख रुपैयाँसहित पाँच हुण्डी कारोबारी पक्राउ

५३ लाख रुपैयाँसहित पाँच हुण्डी कारोबारी पक्राउ

काठमाडौँ, ७ साउन । महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई आज पक्राउ...
स्वचालित अमेरिकी पेस्तोलसहित पक्राउ

स्वचालित अमेरिकी पेस्तोलसहित पक्राउ

नवलपरासी, ७ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले स्वचालित अमेरिकी पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गरेको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९९६ नं को पिकअप गाडीलाई सुरक्षा जाँच गर्दा गाडीमा लुका...
यस्तो छ परराष्ट्र मन्त्री ज्ञवालीको युरोप भ्रमण तालिका

यस्तो छ परराष्ट्र मन्त्री ज्ञवालीको युरोप भ्रमण तालिका

काठमाडौँ, ७ साउन । पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा आज राति लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिवसीय लिस्बन बसाइपछि उहाँले बेल्जियम र लग्जेम्बर्गको भ्रमण गर्नुहुनेछ । बेल्जियम...
नेपालमा पहिलो पटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै

नेपालमा पहिलो पटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै

काठमाडौँ, ७ साउन । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यही साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित नेपलामा पहिलोपटक हुन लागेकोे उक्त सम्मेलनमा विश्व परिवेशमा साइबर सुरक्षाका विभिन्न आयमबारे छलफल हुने आज यहाँ पत्रकार सम्मेलन गरेर आ...
पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

चितवन, ७ साउन ।  खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी खोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको ह...
धनकुटामा सनराइज बैंकको शाखा बिस्तार

धनकुटामा सनराइज बैंकको शाखा बिस्तार

धनकुटा, ७ साउन । सनराइज बैंक लिमिटेडले धनकुटामा शाखा बिस्तार गरेको छ । धनकुटा नगरपालिका–७ मा बैंकले ९० औं शाखाको रुपमा कारोबार सुरु गरेको शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारीले सोमबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे । उक्त अवसरमा अधिकारीले सेवाग्राहिलाई अधिकतम सुविधासहित सर्वसुलभ तथा उच्चस्...
विद्युत् चोरी गर्ने ११ पक्राउ

विद्युत् चोरी गर्ने ११ पक्राउ

तुलसीपुर, दाङ, ७ साउन । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत छन् । ...
यौन सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या, प्रेमी प्रहरीको नियन्त्रणमा

यौन सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या, प्रेमी प्रहरीको नियन्त्रणमा

पर्सा, ७ साउन ।  पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षीया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया स्थायी घर भई जगरनाथपुर गाउँपालिमा आफन्तकोमा बस्दै आएकी वबिता चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन । उनी असार २८ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन । उनी ...
शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ७ साउन । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २५१.३२ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्र...
क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन्: दाहाल

क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन्: दाहाल

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न ब...
error: Content is protected !!