चितवन, ७ साउन ।  खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी खोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरेको छ ।

गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!