पर्सा, ७ साउन । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षीया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।
भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया स्थायी घर भई जगरनाथपुर गाउँपालिमा आफन्तकोमा बस्दै आएकी वबिता चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन । उनी असार २८ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन ।
उनी प्रमेन्द्र चौधरीको प्रेमिका रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । हाल गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै आएका चौधरी र बिनितावीच ३ वर्ष देखि प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।
प्रमेन्द्रले कर्तब्य गरि बिनिताको हत्या गरेको अनुसन्धानको क्रममा खुलेकोले उनीविरुद्ध कर्तब्य ज्यान मुद्धा दायर गरिने पनि प्रहरीले जनाएको छ ।