काठमाडौं,८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् ।
नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए ।
प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’
बासमती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको उनले अघि भने, त्यस्तो मिठो पनि हुँदैन ।’
तर, विपक्षी कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको उनले बताए ।