- संगालोखबर सम्वाददाता

धनकुटा, ७ साउन । सनराइज बैंक लिमिटेडले धनकुटामा शाखा बिस्तार गरेको छ । धनकुटा नगरपालिका–७ मा बैंकले ९० औं शाखाको रुपमा कारोबार सुरु गरेको शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए ।

Advertisement

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारीले सोमबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

उक्त अवसरमा अधिकारीले सेवाग्राहिलाई अधिकतम सुविधासहित सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने बताइन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पुर्याउने उद्धेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०२ वटा एटिएम मार्फत ४ लाख बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!