देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

काठमाडौँ, ३१ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर...
साउदी जेलमा रहेका दिलबहादुरको रिहा गर्न ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

साउदी जेलमा रहेका दिलबहादुरको रिहा गर्न ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ, ३१ साउन । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी पीडितलाई दिइने क्षतिपूर्ति रकम रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । ...
कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख कर्जा प्रवाह

कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख कर्जा प्रवाह

उर्लाबारी, मोरङ, ३१ साउन । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४/७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिए । रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत ...
चरन क्षेत्र अभावमा चौँरीपालन घट्दो

चरन क्षेत्र अभावमा चौँरीपालन घट्दो

मनाङ, ३१ साउन  । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो । असी वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो । उनले १५/२० वर्ष अगाडिसम्म गर्मीमा समेत भांग्रा भोटोसँगै च...
चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ, ३१ साउन । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने घोषणा गरेका थिए । यो व्यापारिक लडाइँले विश्व अर्थतन्त्र...
वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

काठमाडौँ, ३१ साउन । विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत् र विद्युत् प्रसारण लाइनको क्षेत्रमा १६४, सरकार...
मलेसियाली अदालतले दियो कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

मलेसियाली अदालतले दियो कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ । हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हु...
नेकपाको प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार

नेकपाको प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार

काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । नेकपा एकीकरणमा पूर्व एमाले हावी देखिएका छन् । सात प्रदेश मध्ये पाँच वटा प्रदेशमा अन्तिम खाका तयार भएको नेकपाले जनाएको छ । पाँच मध्ये कर्णाली प्रदेश बाहेक अन्यमा पूर्व एमालेके वर्चश्व रहेको छ । गण्डकी, कर्णाली तथा प्रदेश ४, ५ र ७ मा सबै कार्यदलले खाका तयार पारेका छन् । कार्यदलले ...
सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

काठमाडौँ, ३१ साउन । मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । ...
अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

ह्यारिसबर्ग, अमेरिका ।  एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्त...
सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

उदयपुर, ३१ साउन ।  जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले...
आज घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईदै

आज घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईदै

काठमाडौँ, ३१ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले ...
२०७५ साउन ३१ गते बिहिवार/आजको राशिफल

२०७५ साउन ३१ गते बिहिवार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ३१ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट १६ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– पञ्चमी, ६:१९ बजेदेखि षष्ठी, २९:२८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो यात्रा, घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोग...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

इनरुवा, ३० साउन । धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले को२४प २९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट १७ एम्पुल लागुऔषध टिडिजेसिक ब...
सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

बेइजिङ, ३० साउन । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको सौर्य प्यानलको अमेरिकामा हुने आयातमा ३० प्रतिशत करबृद्धिले अमेरिकी उत्पादकहरुलाई मात्र फाइदा पुगेको र यो डब्लुटीओको नियम विरुद्ध रहेको चीनको आरोप छ । ...
सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

काठमाडौँ, ३० साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कून को आज यहाँ बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ । सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसी...
प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने

प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने

काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ केन्द्रले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उनले भने, ‘‘अ...
एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा

एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा

काठमाडौँ, ३० साउन । एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यव...
अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ । उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुर...
पुनः निर्माण प्राधिकरणको सीईओमा पुनः ज्ञवाली

पुनः निर्माण प्राधिकरणको सीईओमा पुनः ज्ञवाली

काठमाडौँ, ३० साउन । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उहाँलाई दोस्रो पटक ...
अन्तरिक्षमा मानव पठाउने भारत चौथो देश हुने मोदीको घोषणा

अन्तरिक्षमा मानव पठाउने भारत चौथो देश हुने मोदीको घोषणा

काठमाडौँ, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन गर्ने क्रममा उनले महिला वा पुरुष अन्तरिक्षयात्रीले भारतको राष्ट्रिय झन्डा सो अभियानमा साथै लैजाने बताए। यदि उक्त अभियान सफल भए अमेरिका, रुस र चीनपछि मानवस...
बढ्दो बेरुजुले वित्तीय अनुशासन कायम गर्न चुनौती

बढ्दो बेरुजुले वित्तीय अनुशासन कायम गर्न चुनौती

काठमाडौँ, ३० साउन । बढ्दो बेरुजुले मुलुकमा वित्तीय अनुशासन कायम गर्न चुनौती थपेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षसम्म कारवाही गरेर टुङ्गो लगाउनु पर्ने बेरुजुको अङ्क रु पाँच खर्ब ८० करोड रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखा परीक्षक टङ्कमणि शर्माले यो वर्ष मात्रै पनि रु एक खर्ब तीन अर्ब ८३ करोड बेरुजु थप भएको बताउनुभयो । भौतिक तथा पूर्वाधार मन...
अफगानिस्तानको सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

अफगानिस्तानको सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

काबुल, ३० साउन । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्ष...
वाणिज्य बैंकको ऋण लगानी शून्य

वाणिज्य बैंकको ऋण लगानी शून्य

नवलपरासी, ३० साउन ।  गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन । द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो । यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेख...
७२ औँ स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

७२ औँ स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

झापा, ३० साउन । ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उनहाँले भने, “य...
साझा प्रकाशनको एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण

साझा प्रकाशनको एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण

काठमाडौँ, ३० साउन । साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८/०६९ देखि आव २०७४/०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०...
नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

नुवाकोट, ३० साउन ।  विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्...
कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

रसुवा, ३० साउन । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भ...
खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ: मुख्यमन्त्री पौडेल

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ: मुख्यमन्त्री पौडेल

सौराहा, चितवन, ३० साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फा को १७ औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए। उनले भने, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।”...
उपभोक्ता संरक्षण विधेयक स्वीकृत

उपभोक्ता संरक्षण विधेयक स्वीकृत

काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, उद्योगी व्यापारीमा परिणत भएका, उपभोक्ता ...
स्थानीय तहले भवन निर्माण गर्न पाँचदेखि १५ करोडसम्म पाउने

स्थानीय तहले भवन निर्माण गर्न पाँचदेखि १५ करोडसम्म पाउने

काठमाडौँ, ३० साउन । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको...
error: Content is protected !!