दुई दर्जन भाषाका कविता अनुवाद गरिने

दुई दर्जन भाषाका कविता अनुवाद गरिने

काठमाडौँ, ३ भदौ । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा...
फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ ।  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पह...
ब्याड्मिन्टनमा पाकिस्तानलार्इ हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश

ब्याड्मिन्टनमा पाकिस्तानलार्इ हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश

काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन...
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रह...
चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिश निःशुल्क

चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिश निःशुल्क

काठमाडौँ, ३ भदौ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्ग...
एशियाड: आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

एशियाड: आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिम...
पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

काठमाडौँ, ३ भदौ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्...
पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

इटहरी, ३ भदौ । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्ब...
२०७५ भदौ ३ गते आइतबार/आजको राशिफल

२०७५ भदौ ३ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ३ गते। आइतबार। इश्वी सन् २०१८ अगस्ट १९ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– नवमी, २९:५३ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। स...
मुलुकी अपराध संहिता: अब खेल मिलेमतो गरे तीन वर्ष कैद

मुलुकी अपराध संहिता: अब खेल मिलेमतो गरे तीन वर्ष कैद

काठमाडौँ, २ भदौ । नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ । जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५१ (३) मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने बुँदामा नेपाली खेलाडीले राष्ट्रको लागि खेल्दा खेल मिलेमतो गरे त...
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन...
काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको...
धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरान, २ भदौ। शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्म नक्कली बनाउँदै आएका चार जना पक्राउ परेका छन्। जसमा २ जना स्थानीय नेता समेत छन्। तत्कालिन एमालेका क्षेत्रीय सदस्य राम सेवा तथा नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार लिम्बुसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। लिम्बु धरानस्थित म्याक इन्फ्युजन कम्प्यूटरका सञ्चालक हुन्। प्रहरीले त्यहाँ छापा हानी ठूलो मात्रामा नक्कली प्रमाणपत्र, होलोग्राम त...
अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौ, २ भदौ । चर्काे ब्याज असुल्ने साहु-महाजनलार्इ नयाँ मुलुकी संहिताले अंकुश लगाइदिएकाे छ । शुक्रबारदेखि लागू भएकाे नया संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने भएका छन् । भदाै १ बाट लागू भएकाे मुलुकी देवानी संहिताकाे परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धी व्यवस्था छ । साे दफामा ‘लेनदेनसम्बन्धी लिखत ह...
७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

काठमाडौ, २ भदौ । शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वनयका लागि शुक्रबार ७७ जिल्लाका जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका छन् । साधारण नागरिकदेखि विशिष्ट व्यक्तिको दैनिकी प्रभावित हुने नयाँ मुुलुकी संहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका हुन् । कानुन व्यवसायी, प...
बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, २ भदौ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने  एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागे...
पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

काठमाडौँ । पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिग...
चिनियाँ विज्ञहरूको सुझाव: बच्चा छैन ? कर तिर्नुस्

चिनियाँ विज्ञहरूको सुझाव: बच्चा छैन ? कर तिर्नुस्

बेइजिङ ।  चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । विज्ञहर...
राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

काठमाडौ, २ भदौ । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बे...
एशियाली खेलकूदको महाकुम्भ आजदेखि शुरु हुँदै

एशियाली खेलकूदको महाकुम्भ आजदेखि शुरु हुँदै

काठमाडौ, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । स...
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहर...
१३ हजार घुससहित वडा सचिव पक्राउ

१३ हजार घुससहित वडा सचिव पक्राउ

इटहरी, २ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पो...
अब समूहगत रुपमा कर्मचारी खटाइने

अब समूहगत रुपमा कर्मचारी खटाइने

काठमाडौ, २ भदौ ।  केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेकोछ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो । प...
दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’ मा सहमति

दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’ मा सहमति

काठमाडौ, २ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ । तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् । 'अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्न...
२०७५ भदौ २ गते शनिबार/आजको राशिफल

२०७५ भदौ २ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ २ गते। शनिबार। इश्वी सन् २०१८ अगस्ट १८ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– अष्टमी, २९:१४ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोल...
धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटा, १ भदौ । रेडियो भेडेटार ९१ मेगाहर्जको आजबाट परिक्षण प्रशारण सुरु भएको छ । धनकुटा–७ मगरटोलमा कार्यालय राखिएको रेडियोको परिक्षण प्रशारण सुरुवातका अवसरमा रेडियो सञ्चालन समितिका अध्यक्ष एवं कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले प्रत्यक्ष प्रशारण मार्फत शुभकामना दिएका छन्...
नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

धनकुटा, १ भदौ । शुक्रवारबाट लागु भएको नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकीलको कार्यालय र सरकारी वकीलको कार्यालयको आयोजनामा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला अदालत धनकुटाका न्यायधिस बिनोद कुमार पोख्रेलले नयाँ ऐनमा भएको ब्यवस्था, कार्यान्वयनका पक्ष, चुनौति लगायत बिषयमा धारणा राख्दै नयाँ ऐन पहिलेको भन्दा खासै फरक नभएको बताए । कार्यक्रममा...
तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

धनकुटा, १ भदौ । तामाङ पत्रकार संघ १ नम्वर प्रदेशको अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । धनकुटाको हिलेमा शुक्रवार सम्पन्न प्रथम भेलाले धनकुटाका पत्रकार लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो । समितिको सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) चयन भएका छन् । समितिको सदस्यमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (संखुवासभा...
मोबाइल एप्समा रेडियो नेपाल

मोबाइल एप्समा रेडियो नेपाल

काठमाडौँ, १ भदौ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो । सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । “रेडियो नेपालले सकारात्मक कुरा प...
प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

मोरङ, १ भदौ ।  ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।...
एशियाडको उद्घाटन समारोहमा अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

एशियाडको उद्घाटन समारोहमा अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

काठमाडौँ, १ भदौ । एशियाली खेलकूद (एशियाड) प्रतियोगिताको १८औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । प्रतियोगिताको इण्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार भव्य उद्घाटन हुँदैछ । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ क...
error: Content is protected !!