काठमाडौ, २ भदौ । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ ।

Advertisement

वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । तर, अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७४/०७५ मा गरेको आर्थिक प्रक्षेपणमा देशको कुल जनसंख्याको ३.२ प्रतिशत जनसंख्या मात्रै बेरोजगार देखाउँछ ।

०६८ को जनगणना र जनसंख्याको वृद्धिदरअनुसार अहिले मुलुकको जनसंख्या करिब तीन करोड हाराहारीमा छ । सोही अनुपातमा आइएलोको तथ्यांकलाई आधार मान्दा नेपालमा बेरोजगारको संख्या करिब ५० लाखभन्दा माथि रहेको देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!