विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा

विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा

काठमाडौँ, ११ कात्तिक । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ । विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ । यसअघिका वर्षमा भने नेपा...
तीन महिनामा व्यापार घाटा तीन खर्ब ४९ अर्ब

तीन महिनामा व्यापार घाटा तीन खर्ब ४९ अर्ब

काठमाडाँँ, ११ कात्तिक । चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो। यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै ...
नक्कली प्रमाणपत्र बनाएर जागिर खानेमा शिक्षक बढी

नक्कली प्रमाणपत्र बनाएर जागिर खानेमा शिक्षक बढी

काठमाडाँँ, ११ कात्तिक । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो । विशेषगरी भारतको बिहारलगायतका ...
अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

वासिङ्टन । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन ...
२०७५ कात्तिक ११ गते आइतबार/आजको राशिफल

२०७५ कात्तिक ११ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक ११ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर २८ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्थी, १८:२० बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन्। आलोचकहरूबाट केही सजग रहनुहोला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लिन मिल...
नेकपा चियापान : एकतापछि घुलमिलको अवसर

नेकपा चियापान : एकतापछि घुलमिलको अवसर

काठमाडौँ, १० कात्तिक । “नेपालका राजनीतिक दल सधैँ झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले भृकुटीमण्डपमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग चियापानपछिको अनुभूति हो यो । उहाँले भन्नुभयो, “अरु बेलामा हामी राजनीतिक विषयमा विवाद गर्छौं तर सांस्कृतिक चाडपर्वका अ...
नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री आइतबार आउँदै

नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री आइतबार आउँदै

काठमाडौँ, १० कात्तिक । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नुहुनेछ । नेपाल ...
धनकुटामा दुग्ध उत्पादक सहकारीबारे अभिमुखिकरण कार्यक्रम

धनकुटामा दुग्ध उत्पादक सहकारीबारे अभिमुखिकरण कार्यक्रम

धनकुटा, १० कात्तिक । धनकुटाका दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे सरोकारवाला निकायले चासो दिएका छन् । दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे शनिवार हिलेमा आयोजित अभिमुखिकरण कार्यक्रमका सहभागिले चासो दिएका हुन् । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा तथा उन्नति परियोजनाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य ...
‘ए’ डिभिजन लिग मङ्सिर १ देखि

‘ए’ डिभिजन लिग मङ्सिर १ देखि

काठमाडौँ, १० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ । असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो । त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए । दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो । “अब मङ्सिरको ...
चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै

चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै

काठमाडौँ, १० कात्तिक । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरे । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देश...
धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

काठमाडौँ, १० कात्तिक । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको ह...
तीन वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

तीन वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

काठमाडौँ, १० कात्तिक । सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने लक्ष्य लिएको सरकारले सबै प्रकारका साधन र स्रोतको समुचित प्रयोग गरी आफ्ना नागरिकलाई आधारभूत रुपमा स्वस्थ खानेपानी सुविधा उपलब्ध गराउन लागेको हो । काठमाडौँ उपत्यकामा केही समयभित्रै राष्ट्रिय गौरवको आय...
महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

किगाली । विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो । रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ । उहाँका अनुसार यसअघि सन् २०१५ मा क्...
आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर, १० कात्तिक । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो । डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल...
छठलगत्तै लाइसेन्सको आवेदन खुल्ला

छठलगत्तै लाइसेन्सको आवेदन खुल्ला

काठमाडौँ, १० कात्तिक । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ । लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले ज...
पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन

पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन

काठमाडौं, १० कात्तिक । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ। भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो। भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्। ...
नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ, १० कात्तिक । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्...
डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

इटहरी, १० कात्तिक । गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई 'साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ' भनेर बाहिर निकाले । उनले ती बालिकाल...
२०७५ कात्तिक १० गते शनिबार/आजको राशिफल

२०७५ कात्तिक १० गते शनिबार/आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक १० गते । शनिबार । ईश्वी सन् २०१८ अक्टोबर २७ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि तृतिया,३४ घडी २२ पला,बेलुका ०७ बजेर ५६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र कृतिका,१० घडी ३४ पला,बिहान १० बजेर २५ मिनेट उप्रान्त रोहिणी । योग व्यातिपात,० घडि ५० पला । करण वणिज,बिहान ०८ बजेर ३६ मिनेट उप्रान्त भद्रा ,बेलुकी ०...
धनकुटामा जारी स्वास्थ्य शिविरमा १५२ को शल्यक्रिया

धनकुटामा जारी स्वास्थ्य शिविरमा १५२ को शल्यक्रिया

धनकुटा, ९ कार्तिक । धनकुटामा संचालन भईरहेको वृहत निःशुल्क स्वास्थ्य शिविरमा शुक्रवार जटिल तथा सामान्य शल्यक्रिया र दाँत तथा कृतिम हात गरी १ सय ५३ जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया शिविरमा १५ जनाको जटिल शल्यक्रिया र २९ जनाको सामान्य खालको शल्यक्रिया गरिएको प्रसार प्रचार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै १ सय ८ जनाको दाँतको उपचार गरिएको श्रेष्ठले बताए । पहुँच विहिन...
क्रिकेटको विश्वकप ट्रफी नेपालमा

क्रिकेटको विश्वकप ट्रफी नेपालमा

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी आज नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी आजै साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो । आइ...
कोशी कप भलिबलको उपाधि देउरालीलाई

कोशी कप भलिबलको उपाधि देउरालीलाई

भोजपुर ९ कात्तिक । कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ । देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण गाउँपालिका–४ चरम्बीले रु १२ हजार तथा सान्त्वना पुरस्कार षडानन्द नगरपालिका–१० साङपाङले रु सात हजारसहित प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर बोयाका अर्जुन दर्नाल घोष...
विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौँ, ९ कात्तिक । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेक...
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

काठमाडौँ, ९ कात्तिक । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब...
तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ, ९ कात्तिक । सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसमा सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरण लग...
उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर, ९ कात्तिक । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भन्नुभयो, “नयाँ ब...
विश्वकप ट्रफी आज नेपाल ल्याइँदै

विश्वकप ट्रफी आज नेपाल ल्याइँदै

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिम...
अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

काठमाडौँ, ९ कात्तिक । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोजेका हुन। सूर्यविनायक नगरपालिका–८...
एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ, ९ कात्तिक । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अ...
आधुनिक अलैँची भट्टीको खोजीमा पूर्वी नेपालका किसान

आधुनिक अलैँची भट्टीको खोजीमा पूर्वी नेपालका किसान

तेह्रथुम, ९ कात्तिक । पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञ...
निर्मला हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट्

निर्मला हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट्

काठमाडौँ, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घटनामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिएको छ। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेको दुई छुट्टाछुट्टै समितिले उक्त घटनामा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले कर्त...
error: Content is protected !!