काठमाडाँँ, ११ कात्तिक । चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो। यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै आयात भएको छ। यसपछि दोस्रोमा आइरन र स्टिलले पनि व्यापारघाटा चुलिँदै जानुमा भूमिका खेलेको छ। तीन महिनामा आइरन र स्टिल गरी ४० अर्ब तीन करोडको आयात भएको छ। यसपछि सवारीसाधन, मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको छ।

Advertisement

चालु आवको पहिलो तीन महिनामा पौने तीन खर्बको उपभोग्य वस्तु आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस अवधिमा आयातको आकार ४३.५७ प्रतिशतले ठूलो भएको छ। यो वर्षको तीन महिनामा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको तीन महिनामा दुई खर्ब ६० अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको थियो । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

तीन चौथाईभन्दा बढी भारतसँग व्यापार

कुल आयातको हिस्सामध्ये ६३.२ प्रतिशत भारतबाट भएको छ। यसपछि दोस्रोमा १४.२ प्रतिशत चीनबाट, ३.८ प्रतिशत फ्रान्सबाट, २.१ प्रतिशत संयुक्त अरबबाट आयात भएको छ। कुन निर्यातमध्ये ५५.४ प्रतिशत भारतमा भएको छ। १३.५ प्रतिशत निर्यात अमेरिकामा भएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!