सोमबारदेखि मौसम सफा हुने

सोमबारदेखि मौसम सफा हुने

काठमाडौँ, १७ चैत । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोम...
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौँ,१७ चैत । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात (१अप्रिल २०१९ द...
चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण

चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण

बेइजिङ, १७ चैत । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ । चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो । गत वर्ष चीनको निर्यात घट्नु...
ओखलढुंगामा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु

 काठमाडौं, १७ चैत । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ- ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपच...
सङ्खुवासभाको भोटखोला गाँउपालिकाको कार्यालयमा आगजनी

सङ्खुवासभाको भोटखोला गाँउपालिकाको कार्यालयमा आगजनी

सङ्खुवासभा, १७ चैत । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो ग...
राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

नवलपरासी, १७ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता गर्दै आएको सुस्तावासीले गुनासो...
झापामा यौनवद्र्धक औषधिसहित चार पक्राउ

झापामा यौनवद्र्धक औषधिसहित चार पक्राउ

सुरुङ्गा,१७ चैत । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँक...
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चन्द्रौटा, १७ चैत । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव...
प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।...
केरुङ–काठमाडौं रेलमार्गः छ महिनाभित्र डीपीआर टुङ्गो लाग्ने

केरुङ–काठमाडौं रेलमार्गः छ महिनाभित्र डीपीआर टुङ्गो लाग्ने

काठमाडौं । सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महिनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डीपीआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठल...
आईपीएल :सुपर ओभरमार्फत दिल्लीको जित

आईपीएल :सुपर ओभरमार्फत दिल्लीको जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको दोस्रो खेलमा घरेलु मैदानम फिरोज कोट्ला स्टेडियममा दिल्ली क्यापिटल्सले सुपर ओभरमार्फत ३ रनले जित हात पारेको छ । सुपर ओभरमा ११ रनको लक्ष्य पाएको कोलकताले ७ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा दिल्लीले १० रन बनाएको थियो । त्यसअघिको खेलमा कोलकता नाइट राइडर्सले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले ६ विकेट गुमाउँद...
२०७५ चैत १७ गते  आइतबार/आजको राशिफल

२०७५ चैत १७ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत १७ गते। आइतबार। इश्वी सन् २०१९ मार्च ३१ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिह...
यस्ता कपडा लगाउनुस् गर्मीको समयमा

यस्ता कपडा लगाउनुस् गर्मीको समयमा

एजेन्सी । गर्मी मौसमलाई फसेनेबल मौसमको रुपमा लिइने गरिन्छ । गर्मीको समय भएकोले धेरै पसिना आउने समस्याले आजित नै बनाउन सक्छ । जसले गर्दा शरीरमा विभिन्न प्रकारका संक्रमण हुने सम्भावना हुने गर्दछ। सूतीका कपडा गर्मी मौसमको लागि सूतीको कपडा उपयुक्त मानिन्छ । सूतीका कपडाले पसिना सोस्ने काम गर्दछ र शरीर दुर्गन्धरहित बनाउँछ। यस्तो कपडाले छालामा मोस्चराइचरको कमी हुन दिँदैन जसले गर्दा ब्याक्टेरिया र फंग...
खोटाङमा ‘अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा’

खोटाङमा ‘अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा’

खोटाङ, १६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भाग...
भारत पुगेका तीन गैँडा अझै ल्याइएन

भारत पुगेका तीन गैँडा अझै ल्याइएन

चितवन, १६ चैत । दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । विसं २०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाएर ती गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको झण्डैं एक वर्षपछि नेपाल छिरे...
अधिकांश स्थानमा वर्षाको सम्भावना

अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १६ चैत । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताउनुुभयो । तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्था...
२०७५ चैत १६ गते शनिबार/आजको राशिफल

२०७५ चैत १६ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत १६ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ३० तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर द...
कति चुरोट बराबर एक बोतल रक्सी?

कति चुरोट बराबर एक बोतल रक्सी?

 बीबीसी । एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ। ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, "यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।" विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्...
कहिल्यै नखाऔँ दहीसँग यी ५ चिज

कहिल्यै नखाऔँ दहीसँग यी ५ चिज

गर्मीको पि्रय परिकार हो दही । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । यस्ता चिजहरूका साथ दही खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप वाकवाकी तथा उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन्...
प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव

जनकपुर,१५ चैत । लगातार दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा दिने प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । प्रदेश राजधानी जनकपुरधामसहित आठै जिल्लाका एसईई दिने परीक्षार्थी आन्दोलित भएका हुन् । परीक्षा रद्द गरिएपछि आक्रोशित बनेका विद्यार्थीहरुले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न गएकाहरुले कार्यलयमा ढुंगासमेत हानेका छन् । परीक्षार्थीले जनकपुरधामको पी...
के चल्लान् ‘साइँली’ र ‘शुभ लभ’ ?

के चल्लान् ‘साइँली’ र ‘शुभ लभ’ ?

गएको केही महिनायता आश गरिएका र ठूला स्टारका फिल्मले समेत हलमा अपेक्षाकृत व्यापार गर्न सकिरहेका छैनन् । यसबीच, यस हप्ताका लागि शुक्रवारबाट दुई फिल्म ‘साइँली’ र ‘शुभ लभ’ एकसाथ प्रदर्शनमा उत्रिएका छन् । खडेरी लागेको नेपाली फिल्मको व्यापार यी दुई फिल्मले केही हदसम्म भए पनि चलायमान बनाउने विश्वास फिल्मकर्मीमा छ । दुई फिल्मको प्रतिक्षा दर्शकलाई लामो समयदेखि थियो । गायक हेमन्त रानाद्वारा स्वरबद्ध चर्च...
झापामा वेवारिसे अवस्थामा चोकमा जिवित भेटियो नवजात शिशु

झापामा वेवारिसे अवस्थामा चोकमा जिवित भेटियो नवजात शिशु

झापा, १५ चैत । झापामा वेवारिसे अवस्थामा नवजाद शिशु जिवितै भेटिएको छ । झापाको भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा जिवित नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको हो । जिल्ला प्रहरीका कार्यालय झपाका अनुसार अन्दाजी १ महिनाको नवजात छोरा शिशुलाई बीच सडकबाटै वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राति उद्धार गरेको हो। उक्त शिशुलाई अहिले मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको ...
निर्मला हत्या प्रकरण : अछामबाट २ जना पक्राउ

निर्मला हत्या प्रकरण : अछामबाट २ जना पक्राउ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प...
उपत्यकासहित देशका पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

उपत्यकासहित देशका पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, १५ चैत । उपत्यका सहित देशका पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशका केहि स्थानमा मेघ गञ्र्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभर देशका अधिकासं स्थानको मौसम बदली हुने संभावना रहेको छ । बिहिबारदेखि नै मौसम बदली भएकाले विगत दुई दिनको तुलनामा उपत्यकाको...
हिगुआइनले लिए अर्जेन्टिनाबाट सन्न्यास

हिगुआइनले लिए अर्जेन्टिनाबाट सन्न्यास

एजेन्सी । चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएको बताएका छन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले ट...
ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो । डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बो...
प्रदेश २ मा पुनः एसईई प्रश्नपत्र बाहिरियो

प्रदेश २ मा पुनः एसईई प्रश्नपत्र बाहिरियो

जनकपुर, १५ चैत । प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको परीक्षा स्थगन गरिएको जानकारी  दिए । ‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्...
कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले मा गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् । बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । यो सम...
२०७५ चैत १५ गते शुक्रबार/आजको राशिफल

२०७५ चैत १५ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत १५ गते। शुक्रबार। इश्वी सन् २०१९ मार्च २९ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। आँटेको काम रोकिनाले दोहोर्या...
८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब

८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब

काठमाडौं, १४ चैत । पटक–पटक अनशन बसेर चर्चा कमाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेका कारण तलब रोक्का गरिएको अस्पतालले जनाएको छ । यहि बिषयमा अस्पतालले डा.केसीलाई स्पष्टीकरणसमेत सोधेको छ । तर, जवाफ चित्त बुझ्दो नआएको स्रोतको भनाई छ । डा.केसीले पछिल्लो पटक अनशन बस्दा अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए ...
जनकपुर बमकाण्ड : पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

जनकपुर बमकाण्ड : पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

जनकपुर, १४ चैत । पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो । यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय भए...
error: Content is protected !!