न्यायालयमा पेसी तोक्ने समयबाटै सुरु हुन्छ बेथिति

न्यायालयमा पेसी तोक्ने समयबाटै सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । मुद्दा पेसी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको सेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरीय...
मन्त्रिमण्डल पूर्णता दिन सकस

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस...
असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण, खोप नलगाएका जोखिममा

असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण, खोप नलगाएका जोखिममा

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावन...
निर्मला हत्याको तीन वर्ष: टुंगिएन अनुसन्धान, प्रमाणकै खोजीमा प्रहरी

निर्मला हत्याको तीन वर्ष: टुंगिएन अनुसन्धान, प्रमाणकै खोजीमा प्रहरी

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ। तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन। तीन वर्ष बितिसक्दासमेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा ...
कोरोनाविरुद्धको खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

कोरोनाविरुद्धको खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् । निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा...
सार्वजनिक गाडीमा मनपरी भाडा

सार्वजनिक गाडीमा मनपरी भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरप...
असारे विकासका नाममा मनलाग्दी खर्च

असारे विकासका नाममा मनलाग्दी खर्च

काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ ...
हेलचेक्र्याइँले फेरि बढ्न थाल्यो कोरोना संक्रमण

हेलचेक्र्याइँले फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण दे...
शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहिले शैक्षिक संस्थाहरूले विद्यार्थी र अभिभावकहरूलाई शुल्क, पाठ्यपुस्तकलगायतका नामम...
असारे विकास : बजेट बग्दैछ यही हिलोमा

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

भोजपुर । आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ। नागरिकलाई सुविधाको ...
नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन्

नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन्

काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन । खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितत...
कक्षा ११ र १२ का सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

कक्षा ११ र १२ का सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक ...
त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनदेखि

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनदेखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान...
एसईईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रम...
मन्त्री बन्न दौडधुप

मन्त्री बन्न दौडधुप

काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् । यही सकसका कारण निकै महत्वपूर्ण मानिए...
निषेधाज्ञाको मोडालिटी फेरिदै, अब ‘लुजडाउन’ गर्ने तयारी

निषेधाज्ञाको मोडालिटी फेरिदै, अब ‘लुजडाउन’ गर्ने तयारी

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक क...
घट्न थाल्यो कोरोनाको संक्रमण र मृत्युदर, निको हुँनेको संख्या बढ्दै

घट्न थाल्यो कोरोनाको संक्रमण र मृत्युदर, निको हुँनेको संख्या बढ्दै

काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्यान गएको थियो...
धरानको १ सय ५८ बिघा जग्गा सरकारले लियो फिर्ता

धरानको १ सय ५८ बिघा जग्गा सरकारले लियो फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा व्यक्तिको नाममा गराउन ‘तोक आदेश’ भएको जग्गा सरकारले फिर्ता ल्याएको हो । सापकोटाले १५ वैशाख २०७३ मा व्यक्तिको नाममा हुने तोक आदेश दिएका थिए । सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा ज...
नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय : विराटनगरबाट दुई पक्राउ

नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय : विराटनगरबाट दुई पक्राउ

विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। रेम्डेसिभिर गम्भीर...
बाग्मती किनारमै ‘चिता’

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो । पशुपति क्षे...
रोजगारी गुमाएर स्वदेश फर्किए साढे ४ लाख नेपाली

रोजगारी गुमाएर स्वदेश फर्किए साढे ४ लाख नेपाली

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने ...
देशभर तीन साता लकडाउन गर्न सिफारिस

देशभर तीन साता लकडाउन गर्न सिफारिस

काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको हो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सीसीएमसी...
काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् । पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जन...
पाँच महिनापछि ओली-नेपाल संवाद, के भयो कुरा ?

पाँच महिनापछि ओली-नेपाल संवाद, के भयो कुरा ?

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् । ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो लागेका थिए । कात्तिकमा भएको भेटमा नेकपा फुटको डिलम...
एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ। अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ। ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन्। मोहनलाल ढकालको ...
कोरोना संक्रमणको दोस्रो लहर : समुदायमा फैलिँदै यूके भेरियन्ट

कोरोना संक्रमणको दोस्रो लहर : समुदायमा फैलिँदै यूके भेरियन्ट

काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । संक्रमणको दोस्रो लहर बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भ...
ताप्लेजुङमा हरेक महिना आगलागी

ताप्लेजुङमा हरेक महिना आगलागी

ताप्लेजुङ । २०७७ सालको वैशाख महिना। कोरोना संक्रमणका कारण लकडाउन गरिएपछि बजार पसल ठप्प थिए। यातायातका साधन चलेका थिएनन्। मानिसको चहलपहल हटेपछि फुङलिङ बजारका धेरै व्यवसायी, विद्यार्थी गाउँ फर्किएका थिए। १८ गते बेलुका एक्कासि बजारको पुरानो बैंक लाइनमा आगो लागेको हल्ला फैलियो। नगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयले आगो निभाउन प्रयास गरे। तर, ८ घरका ११ पसल जलेपछि मात्रै आगो नियन्त्रणमा आयो। जल...
विकास खर्च कमजोर

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कूल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को ९ महिने अवधिमा ३० चैतसम्म कूल १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख मात्र पुँजीगत खर्च भएको हो । चालू आवका लागि सरकारले कूल ३ खर्ब ५२ अर्ब ९१ करो...
बजेट अभावले आर्थिक संकटमा प्रदेश १ सरकार

बजेट अभावले आर्थिक संकटमा प्रदेश १ सरकार

इटहरी । बजेट अभावका कारण प्रदेश १ सरकार ८ महिनादेखि आर्थिक संकटमा फसेको छ। आर्थिक संकट भएपछि अत्यावश्यकबाहेक बजेट रोक्का राखिएको छ। मन्त्रालयका अनुसार यो आर्थिक वर्ष अहिलेसम्म नयाँ विकास निर्माणका काम सम्झौता हुन सकेको छैन। ‘सम्पन्न भइसकेका ठेक्कालाई भुक्तानी दिने काम भइरहेको छ’, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विष्णु पौडेलले भने, ‘बहुवर्षीय, ठेक्का भइसकेका र क्रमागत आयोजना, स्व...
खेलाँचीले बढ्दै कोरोना जोखिम, खचाखच आइसोलेसन

खेलाँचीले बढ्दै कोरोना जोखिम, खचाखच आइसोलेसन

काठमाडौं । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो। तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसक...
कोरोना संक्रमणको प्रभाव शैक्षिक संस्थामा

कोरोना संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक ...
error: Content is protected !!