- पत्रपत्रिका खबर
फाइल तस्वीर

काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिए भन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुखेको सो छ । – आजको गोरखापत्र दैनिकमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!