एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् । २ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो ...
कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ ...
दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी  ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी  ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्। गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ...
मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

काठमाडौं । सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले भने फेरि राजनीतिक दल विभाजनसम्बन्धी नयाँ अध्यादेशअनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिन...
वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्...
अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ। यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३...
देशभर भदौ तेस्रो सातादेखि लाइसेन्स परीक्षा

देशभर भदौ तेस्रो सातादेखि लाइसेन्स परीक्षा

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा. लोकनाथ भुषालले...
कोशीमा बर्षकै उच्च बहाव, १३ सय घर उच्च जोखिममा

कोशीमा बर्षकै उच्च बहाव, १३ सय घर उच्च जोखिममा

उदयपुर । सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र उच्चजोखिमा परेका छन्। लगातारको वर्षाका कारण कोशीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका क्षेत्रमा कटान गर्न थालेपछि आसपासका बस्ती उच्चजोखिममा परेका हुन्। बेलका नपा वडा नं ८ लाहुरेखोज दक्षिण २ सय मिटर क्षेत्र र श्रीलंका टापुमा कोशीले तीव्र कटान गरेपछि जोखिममा रहेका आसपासका वडानं २,३,९, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका र  कन्चनरुप नगरपालिकाका...
बर्षकै भारी वर्षा

बर्षकै भारी वर्षा

काठमाडौं । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर...
कांग्रेस महाधिवेशन निश्चित, सिटौलाले तोडाए जिल्ला सभापतिको अनसन

कांग्रेस महाधिवेशन निश्चित, सिटौलाले तोडाए जिल्ला सभापतिको अनसन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततातर्फ अघि बढेको छ । कांग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुंग्याएसँगै कांग्रेसको १४औं महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो । कांग्रेसको महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट सुरु हुने कार्यतालिका छ । अब १८ भदौबा...
१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुबै बढ्यो

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुबै बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थिय...
कार्ययोजना बिना नै ७ अर्ब खर्च

कार्ययोजना बिना नै ७ अर्ब खर्च

काठमाडौं । कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अनुगमन गर्न सकेको छ । महाल...
बाथरुममै जान थाल्यो ज्यान

बाथरुममै जान थाल्यो ज्यान

घटना १ बाथरुममा चिप्लेर वरिष्ठ अधिवक्ता विश्वनाथप्रसाद उपाध्यायको मस्तिष्कमा चोट लाग्यो। उपचार गर्दागर्दै ७ भदौ, २०७८ मा ज्यान गयो। घटना २ बिहानको नित्यकर्म गर्न शौचालय जाने क्रममा निजी विद्यालय सञ्चालकहरूको छाता संगठन (प्याब्सन) का पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको  निधन भयो। बाथरुममा लडेका ६३ वर्षीय पोखरेललाई अस्पताल पु¥याइए लगत्तै चिकित्सकले  मृत घोषणा गरे, २३ पुस २०७४ मा। घटना ३ नेपाल क...
एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० गतेदेखि

एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० गतेदेखि

काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्...
ब्याजमा सहकारीको लुट

ब्याजमा सहकारीको लुट

काठमाडौं । सरकारको निर्देशनलाई अटेर गरी सहकारीले सेवाग्राहीबाट आफूखुसी ब्याजदर उठाउँदै आएका छन्। प्रभावकारी रूपमा अनुगमन नहुँदा सरकारले तोकेको ब्याज दरको सीमा नाघ्दै सहकारीले आफूखुसी ब्याजदर असुल गरेको हो। सरकारले सहकारीको ब्याज १४.७५ प्रतिशतसम्मको सीमा तोकेको छ। तर सहकारीले १६ देखि २४ प्रतिशतसम्म असुलिरहेका छन्। सरकारले यो वर्ष पनि ब्याजदर सीमा पुनरावलोकन गर्ने तयारी गरेको छ। सहकारीको नियमन त...
कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं । नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो । कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तीमा १० वर्ष...
दशैं अगावै कक्षा १२ को परीक्षा

दशैं अगावै कक्षा १२ को परीक्षा

काठमाडौं । राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । ११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  को...
नेपालीको उद्दारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

नेपालीको उद्दारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्दार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्दार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन ग...
संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

विराटनगर । नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्। प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्र...
महामारीमा ब्रह्मलुट

महामारीमा ब्रह्मलुट

काठमाडौं । कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री खरिददेखि उपचारसम्ममा ब्रह्मलुट मच्चाएको पाइएको छ। प्रतिस्पर्धा नगराई सोझै स्वास्थ्य सामग्री खरिद, कोरोनाका नाममा अरूतिरै खर्च, ठेक्कामा अनियमिततालगायत तथ्य महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औंल्याएको छ। स्वास्थ्य सेवा विभागले प्रतिस्पर्धा नगराई १ करोड ३४ लाख रकमको पीपीई, मास्क, स्यानिटाइजरलगायत किनेको पाइएको छ। ४ करोड ८५ लाख मूल्यका ५१ प्...
बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड, तीनवटै तहमा व्यापक अनियमितता

बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड, तीनवटै तहमा व्यापक अनियमितता

  काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोडसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८औं प्रतिवेदनका अनुसार यो बेरुजु रकम गत वर्षभन्दा शून्य दशमलव १३ प्रतिशतले बढेको देखिएको छ । प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेम...
आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट...
ओली शैलीमा पौडेलको बिदाई

ओली शैलीमा पौडेलको बिदाई

काठमाडौं । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो। नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणबीच भेला, ग...
आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ...
यस्तो थियो केपी ओली–माधव नेपाल सहकार्य र संघर्ष

यस्तो थियो केपी ओली–माधव नेपाल सहकार्य र संघर्ष

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थाम...
इलामको चियामा घातक विषादी

इलामको चियामा घातक विषादी

इलाम । संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’ ज...
नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी, तीन जना पक्राउ

नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी, तीन जना पक्राउ

बनेपा । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका...
प्रश्नपत्र बाहिरिएपछि प्रहरीमा हंगामा

प्रश्नपत्र बाहिरिएपछि प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । एक दर्जन बढी प्रहरी निगरानीमा गत १५ र १६...
भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । सत्ता सहयात्री दलहरूबीच भागबन्...
कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

इटहरी । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवा...
ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका ...
error: Content is protected !!