सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

काठमाडौं, १६ माघ। प्रहरीले उपत्यकाका पाँच अस्पतालमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबार छापा मारी अस्पताल सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ गरेको छ । प्रहरीले ठमेलस्थित एपोलो क्लिनिक, बौद्धको चाइना ग्रेटवाल अस्पताल, चाइना पिपुल अस्पताल, चाइना डेन्टल अस्पताल र सिविकमा छापा मारेको हो । चाइना ग्रेटवाल,...
राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

काठमाडौं, १५ माघ। निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो। आयोगले आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्त...
प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

काठमाडौं, १५ माघ। सरकारले सातवटा प्रदेशमा  प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा  जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको छ। समान्य प्रशासन मन्त्रा...
ओली–प्रचण्ड छलफल: पार्टी एकता र सरकार गठन सँगसँगै

ओली–प्रचण्ड छलफल: पार्टी एकता र सरकार गठन सँगसँगै

काठमाडौं, १५ माघ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै टुंगो लगाउने गरी छलफल केन्द्रित गरेका छन् । चार दिनयता लगातार ‘वान टु वान’ छलफल गरिरहेका ओली र प्रचण्डले दुवै विषयलाई सँगसँगै टुंगो लगाउने सहमति गरेका हुन् । आइतबार दुई नेताबीच ललितपुरस्थित मानभवनमा करिब साढे तीन घन्टा छलफल भएको थियो । ‘एकताका विभिन्न मोडालिटीमा चलिरहेको छलफल सकारात्मक दिश...
नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

काठमाडौं, १३ माघ। नेपाली हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे सम्भवतः सबैभन्दा बढी जानकार अमेरिकी नागरिक एलिजाबेथ हलेको बिहीबार निधन भएको छ। आधुनिक र सूचना प्रविधिको अंग्रेजी शब्दावली सापटी लिने हो भने नेपाली हिमालकी ‘गुगल’ मानिने एलिजाबेथसँग जति जानकारी थियो, त्यति सायदै अरू कोहीसँग होला । ‘एलिजाबेथसँग नेपालका हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे असाध्यै धेरै ज्ञान र जानकारी थियो, उहाँले आफ्नो...
राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

काठमाडौं, १३ माघ। राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सरकार र अन्य सबै पक्षलाई आग्रह गरेका छन् । मत बदर कम गर्न अभियान निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सुरु गरेको छ । राष्ट्रिय सभा न...
राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

काठमाडौं, ११ माघ। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर १ मा १२ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १७ जना, प्रदेश ४ मा १२ जना, प्रदेश ५ म...
जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता

काठमाडौं, ११ माघ। अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ। अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँ...
प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

काठमाडौं, १० माघ। केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ । प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो । सामान्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेशकै हुन्छ । प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन बनाउँछ । केन्द्रीय सरकारले बनाएका कानुनलाई प्रदेश सरकारले ह...
भूकम्पपीडितलाई चिनियाँ सोलार

भूकम्पपीडितलाई चिनियाँ सोलार

काठमाडौं, १० माघ। चीन सरकारले भूकम्पीडितलका लागि ३४ हजार सोलार अनुदान दिएको छ । भूकम्पपीडितको व्यक्तिगत घरमा प्रयोग गर्ने गरी ३२ हजार, भूकम्प प्रभावित क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयका निम्ति प्रयोग गर्न तीन सय २५ वटा सोलार चीनले दिएको हो । चीनले ३२ हजार तीन सय २५ सोलर जडान गर्दा र सम्बन्धित ठाउँमा पुर्‍याउँदा हुन सक्ने क्षति तथा प्राविधिक त्रुटिका लागि थप पाँच प्रतिशत अर्था...
आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं, १० माघ। जनता पोस्ट दैनिकले आज सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको समाचार लेखेको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्वन्द्वरत पक्षको प्रमुखको हैसियतले प्रचण्ड र सत्ताप...
राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, १० माघ। राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्...
सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

काठमाडौं, ९ माघ। सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ । ०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने स...
म्याड्रिडमा जारी अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

म्याड्रिडमा जारी अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौं, ९ माघ। नेपाल पर्यटन बोर्ड एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको(नाटा) संयुक्त सहकार्यमा स्पेनको राजधानी म्याड्रिडमा जारी ३८ औँ अन्तराष्ट्रिय पर्यटन मेला ‘फितुर’ मा नेपालले पनि सहभागिता जनाएको छ । पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ११ बटा कम्पनीहरुले मेलामा नेपालले आफ्नो उल्लेखनीय सहभागीता जनाएको थियो । नेपाल पर्यटन बोर्डका अनुसन्धान योजना तथा अनुगमन महाशाखाक...
१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडौं, ९ माघ। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन संकायको डिन कार्यालय ...
डेरा खोज्दै सांसद्, कार्यालय खोज्दै कर्मचारी

डेरा खोज्दै सांसद्, कार्यालय खोज्दै कर्मचारी

काठमाडौं, ९ माघ। शपथग्रहण सकिँदा नसकिँदै प्रदेश सांसदहरुलाई डेराको चिन्ताले सताउन थालेको समाचारलाई अन्नपूर्ण पोस्ट दैनिकले आज लेखेको छ । समाचारअनुसार, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको घरमा बसेर काम चलाइरहेका प्रदेश सांसदहरु डेरा सर्ने तयारीमा जुटेका छन् । प्रदेश सांसदलाई डेराको चटारो परेजस्तै कर्मचारीहरुलाई भने कार्यालयको चिन्ता छ । प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशास...
शुल्कमा मनोमानी : निजी कलेजद्वारा लाखौं असुली

शुल्कमा मनोमानी : निजी कलेजद्वारा लाखौं असुली

काठमाडौं, ८ माघ। २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने/नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्। मेरिट (योग्यता) सूचीका आधारमा नाम निकालेका भट्टराई सरकारले तोकेकै शुल्कमा पढ्न पाइनेमा निश्चिन्त थिए। र...
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

काठमाडौं, ७ माघ। गत आर्थिक वर्ष ०७३-७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको छ । सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ खर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको स्रोत भने जुटाउन सकेन । गत वर्ष सरकारको ४८ अर्ब रुपैयाँ बजेट घाटा भएको महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले बताए । ‘पुस मसान्तमा अघिल्लो वर्...
अब ‘स्मार्ट’ लालपुर्जा

अब ‘स्मार्ट’ लालपुर्जा

काठमाडौं, ७ माघ। सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट लालपुर्जा’ ले सम्बोधन गर्ने अपेक्षा मन्त्रालयले गरेको छ । यसका लागि भूमिसुधार मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा गरिसकेक...
‘वाम एकता बैंक मर्जरजस्तै’

‘वाम एकता बैंक मर्जरजस्तै’

काठमाडौं, ७ माघ। संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवा...
स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने तयारी

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने तयारी

काठमाडौं, ७ माघ। सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिलेसम्म प्राविधिक र अन्य समूहका आवश्यक कर्मचारी दिन सकेको छैन । कानुनको अभावमा स्थानीय तहले कर्मचारी भर्ना गर्न पाएका छैनन् । स्थानीय विका...
अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

काठमाडौं, ६ माघ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पताल...
२३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

२३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

काठमाडौं, ६ माघ। संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ । अधिवेशन कहिले...
एउटै वडामा सुन्तलाबाट तीन करोड आम्दानी

एउटै वडामा सुन्तलाबाट तीन करोड आम्दानी

पोखरा,  ६ माघ। पोखरा २१ का किसानले यस वर्ष सुन्तला बेचेर तीन करोड मूल्य गाउँ भित्र्याएका छन्। कृस्ति र निर्मलपोखरीका किसानले सुन्तला बेचेरै तीन करोड रुपैयाँ गाउँ भित्र्याउन सफल भएका हुन्। गत वर्ष सुन्तला बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेका त्यहाँका किसानले यस वर्ष दोब्बर बढी आम्दानी गरेको जिल्ला सुन्तला उत्पादन संघ कास्कीका उपाध्यक्ष उमानाथ सुवेदीले बताए। ‘गत वर्ष किलोको ६० देखि ७०...
प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने

प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने

काठमाडौं, ५ माघ। सरकारले प्रदेश कार्यालय र कर्मचारी व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ । सामान्य प्रशासन मन्त्रालयको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश प्रमुख, मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय एवं मन्त्रालयको खाकासहितको संरचना तयार पारिसकेको छ। मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख सचिवालयमा रहने कर्मचारीको दरबन्दीसमेत स्वीकृत गरेको छ । स्वीकृत संरचनाअनुसार प्रद...
बाल यौनदुराचारी पर्यटकका लागि नेपाल ‘स्वर्ग’

बाल यौनदुराचारी पर्यटकका लागि नेपाल ‘स्वर्ग’

 काठमाडौं, ५ माघ।जनता पोष्ट दैनिकले बाल यौनदुराचारी विदेशी नागरिकका लागि हिजोआज नेपाल ‘स्वर्ग’ बन्दै गएको समाचार छापेको छ । बाल यौन दुराचारीको सूचीामा युवजा मात्र होइनन्, बाजे उमेरका विदेशी नागरिक पनि छन् । अझ ४० काटेकाहरु यो कुलतमा बढी लागेको तथ्यांकले देखाउँछ । विदेशमा पारपाचुके वा अन्य कारणले एक्लो जीवन बिताउन बाध्य भएकाहरु नै यौनदुराचारीका रुपमा नेपाल भित्रिएका देखिन्छन् । केन्द्रीय बालकल्या...
जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै

जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ । २. जग्गाको नामसारी र लालपुर्जा पनि गाउँमै घरजग्गा धनी पुर्जा वितरणसेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा पनि स्थानीय तह...
सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौं, ५ माघ। पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुर...
चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

काठमाडौं, ५ माघ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै चीनतर्फको निर्यातमा उल्लेख्य वृद्धि हुँदै गएको छ । पहिलो र दोस्र...
उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

काठमाडौं, ५ माघ। उपभोक्ता ठग्ने ६ दर्जनभन्दा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्तालाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को मूल्य लिने पसल, अतिरिक्त शुल्क लिने अस्पताल लगायतलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो । बजार अनुगमनको क्रममा कैफियत फेला परेका व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण वि...
प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

काठमाडौं, ५ माघ। तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।ऐन अभावमा गत वर्ष अनुदानका रुपमा स्थानीय तहलाई बजेट दिइएको थियो । यो वर्ष अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन बनिसकेको छ । यो ऐनले केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र प्रस्ट पारेको छ । ऐनले व्यवस्था गरेअनुसारको राष्ट्रिय प्राकृतिक स्रोत तथा ...
error: Content is protected !!