‘प्रधानन्यायाधीश पराजुलीको नागरिकतामै ३ जन्ममिति’

‘प्रधानन्यायाधीश पराजुलीको नागरिकतामै ३ जन्ममिति’

काठमाडौं, २९ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको छ। नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । ‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो ...
वाम एकता: एमालेलाई महासचिव, माओवादीलाई अध्यक्ष

वाम एकता: एमालेलाई महासचिव, माओवादीलाई अध्यक्ष

काठमाडौं,२९  माघ ।  समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ । नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्...
भ्यालेन्टाइन्स डे : राशि अनुसारको उपहार छनोट र प्रेम प्रस्ताब

भ्यालेन्टाइन्स डे : राशि अनुसारको उपहार छनोट र प्रेम प्रस्ताब

काठमाडाैं, २७ माघ । प्रेमको भावना वा प्रेम सम्बन्धलाई अझै प्रगाढ बनाउन वा सुनमा सुगन्ध थप्न आउनुहोस् पौराणिक शास्त्रको माध्यमबाट आफ्नो प्रेमी–प्रेमिकाको स्वभाव बुझौँ । उपहार दिँदा राशिअनुसारको रङ छनोट गरौँ, जसले तपाईंंको प्रेम दिवस अझै रंगिन बनोस् । मेष : मेष राशि भएका व्यक्तिहरू प्रेमका लागि सधैँ व्यग्र हुन्छन् र प्रेम प्रदर्शन गर्दा अलि उग्र पनि । उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न नपाउँ...
सरकार गठन गर्न वाम गठबन्धनले आइतबार दाबी प्रस्तुत गर्ने

सरकार गठन गर्न वाम गठबन्धनले आइतबार दाबी प्रस्तुत गर्ने

काठमाडौं, २७ माघ । एमाले र माओवादीले प्रदेश सरकार गठनका लागि तयारी सुरु गरेका छन् । सभामुखको निर्वाचन हुनुअघि नै २८ माघमा सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउने उनीहरूको तयारी छ । ‘दुवै दलको संसदीय दलको नेता चयन भएपछि सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउँछौँ,’ एमाले प्रदेश सभा सदस्य बैजनाथ चौधरीले नयाँ पत्रिकासँग भने । शुक्रबार एमाले र माओवादीबीच भएको छलफलमा २८ माघमा दुवै पार्टीको...
राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत गर्ने जिम्मा देउवालाई

राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत गर्ने जिम्मा देउवालाई

काठमाडौं, २७ माघ । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले देउवालाई सो जिम्मेवारी दिएको हो । संविधानले राष्ट्रिय सभाका सदस्यमध्ये तीनजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकले मनोनीत हुने सदस्य छनोटको सबै जिम्मा प्रधानमन्त...
प्रधानन्यायाधीश पराजुलीका चार थरी जन्ममिति

प्रधानन्यायाधीश पराजुलीका चार थरी जन्ममिति

काठमाडौं, २७ माघ । सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको छ। न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेका समाचारमा उल्लेख छ । समाचारअनुसार न्यायपरिषदका बुलेटि...
प्रदेशहरूलाई तत्कालै तीन सय ३६ गाडी आवश्यक

प्रदेशहरूलाई तत्कालै तीन सय ३६ गाडी आवश्यक

प्रदेश १ मा ५० गाडी आवश्यक, १३ वटा पठाउने तयारी प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए । अहिले प्रदेशमा एउटा पनि गाडी नभएको उनको भनाइ छ । मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्को कार्यालयलाई कम्तीमा ६ वटा गाडी आवश्यक पर्ने को...
नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, वैशाख २५ गतेसम्म लागू हुने

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, वैशाख २५ गतेसम्म लागू हुने

काठमाडौं, २६ माघ।  नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जिएसएम प्रिपेड, पोस्टपेड तथा सिडिएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न प्याकेजमा पनि १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ । यससँगै अल टाइम डाटा प्याकअन्...
प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

विराटनगर, २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छ...
प्रधानमन्त्री देउवाले राजीनामा नदिने : निर्वाचनपछि स्वतः कामचलाउ भएको निष्कर्ष

प्रधानमन्त्री देउवाले राजीनामा नदिने : निर्वाचनपछि स्वतः कामचलाउ भएको निष्कर्ष

काठमाडौं, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाल...
चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख सहयोग

चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख सहयोग

काठमाडौं, २५ माघ ।  चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे । मट्टीतेलको स्टोभमा पाकेको चिया प्लास्टिकको गिलासमा हालेर दिन थालेपछि स्थानीय के रहेछ भन्दै नजिक गएर बुझ्न खोज्थे । बालबालिकाले विद्यार्थी साथी मदन केसीलाई ब्लड क्यान्सर भएकाले उनको उपचारमा सहयोग जुटाउन चिया बेच्न थालेको भनेर जानकारी दिन्थे । स्थानीय गौरीशंकर बोर्डिङ स्कुलका ५, ६...
८३ सामुदायिक वन निकुञ्जमा गाभ्ने चलखेल

८३ सामुदायिक वन निकुञ्जमा गाभ्ने चलखेल

काठमाडौं, २५ माघ । वन तथा भू-संरक्षण मन्त्रालयले ८३ वटा सामुदायिक वनलाई गुपचुप रूपमा पर्सा वन्यजन्तु निकुञ्जमा गाभ्ने तयारी गरेपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन्। स्थानीय तह तथा वन उपभोक्तासँग सहकार्य र समन्वयबिनै निकुञ्जले सामुदायिक वन हडप्न थालेको भन्दै त्यसलाई रोक्न उपभोक्ताले बुधबार मन्त्रालयमै पुगेर आपत्ति जनाए। मन्त्रालयका सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग प्रमुखलाई...
राष्ट्रिय सभामा पनि वाम गठबन्धनको बहुमत

राष्ट्रिय सभामा पनि वाम गठबन्धनको बहुमत

काठमाडौं, २५ माघ । राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६ सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् । निर्वाचनको पछिल्लो परिणामअनुसार प्रतिनिधि र प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको एमालेले २५ स्थानमा जित निकालेको छ । यस्तै माओवादी ...
दुई दिनमा बलात्कारका पाँच उजुरी

दुई दिनमा बलात्कारका पाँच उजुरी

काठमाडौं, २५ माघ । महानगरीय प्रहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ ।  जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार  मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर घर भई सिर्जनानगर बस्ने २२ बर्...
आजको छापा: राजीनामा दिने तयारीमा प्रधानमन्त्री

आजको छापा: राजीनामा दिने तयारीमा प्रधानमन्त्री

काठमाडौं, २५ माघ । राजधानीबाट आज प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा हिजो सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणाम परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा वाम गठबन्धनलाई बहुमत प्राप्त भएको लेखेका छन् । समाचार अनुसार, एमालेले २९ सिटसहित बहुमत ल्याएको छ भने कांग्रेसले १३, माओवादी केन्द्रले १० र राजपा–फोरमले २–२ स्थानमा जित निकालेका छन् । राष्टियसभा निर्वाचनको परिणाम बाहि...
वार्षिकोत्सवको अवसरमा टेलिकमको नयाँ सुविधा

वार्षिकोत्सवको अवसरमा टेलिकमको नयाँ सुविधा

काठमाडौं, २३ माघ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा थप्ने क्रममा सापटी सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब कुरा गर्दौगर्दै ब्यालेन्स सकिए पनि लाइन काटिने छैन । नेपाल टेलिकमले सोमबार १४ वार्षिकोत्सवको अवसरमा कुरा गर्दागर्दै ब्यालेन्स सकिँदा फोन काटिने समस्यालाई सम्बोधन गर्दै सापटी ब्यालेन्स हालिदिने गरी ‘नमस्ते क्रेडिट’ व्यवस्था गरेको हो । यसरी सापटी ब्यालेन्स हालिदिएको रकम ग्राह...
वाम एकता: एकअर्कालाई गलाउने रणनीतिमा

वाम एकता: एकअर्कालाई गलाउने रणनीतिमा

काठमाडौं, २३ माघ ।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रिया लम्बिएको छ । नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने–नहुने संशय देखा पर्न थालेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ– एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको...
राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

काठमाडौं, २३ माघ । गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ । यो दक्षिण एसियामै धेरै हो । हाम्रो जिडिपी रेसियो धेरै छ । राजस्व संकलनमा अझै जनतालाई कति निचार्ने ? राजस्व...
निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म सार्वजनिक गर्ने

निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म सार्वजनिक गर्ने

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले ५ फागुनभित्र प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने गरी समानुपातिक निर्वाचनसम्बन्धी निर्देशिका संशोधन गरेको छ । प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको अन्तिम सूची माग्ने र संशोधनका लागि दिइने समयसीमा आधा घटाएर ५ फागुनभित्रै परिणाम सार्वजनिक गर्ने गरी आयोगले निर्देशिका संशोधन गरेको हो । राष्ट्रिय सभा निर्वाचन नभएसम्म प्रतिनिधिसभ...
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब खर्च

कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब खर्च

काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाइल्यान्ड...
पुनः राष्ट्रपति हुने भण्डारीको इच्छा

पुनः राष्ट्रपति हुने भण्डारीको इच्छा

काठमाडाैँ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका वि...
प्रदेश ५ को नाम बुद्धसँग जोडेर राख्न दलहरू सहमत

प्रदेश ५ को नाम बुद्धसँग जोडेर राख्न दलहरू सहमत

काठमाडौं, २० माघ । प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् । गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ । तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ । बाँके, बर्दियासम्मलाई विश्वासमा लिन लुम्बिनी नभनी सि...
अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

काठमाडौं, १९ माघ ।  नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् । संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर...
नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ । पहिलो चरणमा आउँदो शैक्षिक सत्रदेखि एक संस्कृत, एक मदरसा र दुइटासामुदायिक विद्यालयलाई नमुनाका रूपमा सञ्चालन गरिनेछ । महानगरपालिकाप्रमु...
नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

काठमाडौं , १९ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा  चालक दलसम्म पुग्यो। अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको निगमको उक्त जहाज...
भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक व...
संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

मकवानपुर, १८ माघ । संघीय नेपालको पहिलो प्रदेशसभा बैठक बस्न प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार राति अबरेसम्म सभाकक्ष व्यवस्थित गरी भवनको सरसफाइ र रंगरोगन गर्न कर्मचारी, कामदार खटिएका थिए । प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेपछि कर्मचारीहरू तयारीमा अहोरात्र जुटेका थिए । प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालय रह...
मोदीको सन्देश बोकेर स्वराज अाज आउँदै

मोदीको सन्देश बोकेर स्वराज अाज आउँदै

काठमाडौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो ...
अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

काठमाडौं, १७ माघ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।  बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो । संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन । २०४८ सालमा स्थापना भएको यो संस्थ...
क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

काठमाडौं, १७ माघ ।  यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ । गत वर्षभन्दा यसपालि ६६ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको क्यान महासंघका प्रबन्धक सुवास पौडेलले बताए । उनका अनुसार पोहोर साल तीन लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । क्यानले मेला आवलोकन गर्न आएका दर्शकले काटेको टिकट र उसले नि...
बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड ,१६ माघ । लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भली...
error: Content is protected !!