काठमाडौं, १४ चैत ।  सरकारले गतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार, २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सरकारले कटौतीको तयारी गरेको हो ।

Advertisement

नयाँ पत्रिका लेख्छ– यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौंदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

कटौती प्रस्ताव गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामति सेवा दिवस, शहीद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । दशैंलगायतका पर्वमा दिइँदै आएको लामो छुट्टी पनि कटौती गर्ने प्रस्ताव छ । नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरु समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दैछ । तर गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!