बिमस्टेक सुरक्षाको फ्रन्टलाईमा सेना, १८ हजार सुरक्षाकर्मी खटिने

बिमस्टेक सुरक्षाको फ्रन्टलाईमा सेना, १८ हजार सुरक्षाकर्मी खटिने

काठमाडौँ, १२ भदौ । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचा...
बिमस्टेक शिखर सम्मेलन: दक्षिण–पूर्वी एसियासम्म विद्युत् निर्यातको बाटो खुल्ने

बिमस्टेक शिखर सम्मेलन: दक्षिण–पूर्वी एसियासम्म विद्युत् निर्यातको बाटो खुल्ने

काठमाडौँ, ११ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल (बिमस्टेक)को आसन्न शिखर सम्मेलनमा विद्युतीय ग्रिड अन्तरसञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । यो समझदारीपछि बिमस्टेकमा आबद्ध सात मुलुकबीच विद्युत् व्यापारको बाटो खुल्नेछ । ‘समझदारीमा यस क्षेत्रका मुलुकहरूले ऊर्जा व्यापार गर्न पाउने र क्षेत्रीय रूपमा ऊर्जाको आदानप्रदान गर्दा सबैलाई आफ्नो मुलुकको ...
संघीय सरकारद्वारा स्थानीयको कर दायरा छानबिन सुरु

संघीय सरकारद्वारा स्थानीयको कर दायरा छानबिन सुरु

काठमाडौं , ११ भदौ । स्थानीय सरकारले जथाभावी तोकेको करको दायराको आलोचना बढेपछि संघीय सरकारले छानबिन थालेको छ । स्थानीय सरकारले संविधान र करका आधारभूत सिद्धान्तअनुसार भए नभएकोबारे बुझ्न २९ साउनमा मन्त्रिपरिषद् बैठकले अध्ययन गर्ने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिक...
अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

काठमाडौँ, ११ भदौ । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।  संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, कुनै जात, ...
राजधानीमा १४ बर्षीया बालिका बलात्कृत !

राजधानीमा १४ बर्षीया बालिका बलात्कृत !

काठमाडौँ, ११ भदौ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् । नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ । ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

विराटनगर, ११ भदौ । विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबा...
नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

काठमाडौँ, ११ भदौ ।  नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएक...
कुखुरा नपाल्ने गाउँ !

कुखुरा नपाल्ने गाउँ !

थाहा (मकवानपुर) ,१० भदौ ।  हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छ...
‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै

‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै

काठमाडौँ, १० भदौ । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए । उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे । ठेकेदारको घरमा उनलाई नभेटेपछि बजा...
विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

काठमाडौँ, १० भदौ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित स...
पर्सा जिल्लामा शिक्षक पनि नक्कली !

पर्सा जिल्लामा शिक्षक पनि नक्कली !

वीरगन्ज,  १० भदौ । बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ । झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले विद्यालयको बिगबिगी थियो र अहिले नक्कली शिक्षक फेला पर्न थालेका छन् । वीरगन्ज महानगरपाल...
धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

काठमाडौँ, ९ भदौ । दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ । धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ । व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउ...
पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई मुद्दैमुद्दा !

पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई मुद्दैमुद्दा !

काठमाडौँ, ९ भदौ । दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकार र २०६८ सालमा झलनाथ खनाल नेत...
मुलुकी संहिता : १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

मुलुकी संहिता : १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौँ, ९ भदौ । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ । कसुरजन्य अभियोग लागे यस्ता बालबालिकालाई पुर्पक्षका ...
अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

काठमाडौँ, ९ भदौ ।  सुत्केरी महिलालाई यसअघि ९० दिन बिदा दिने कानुन थियो । हाल सरकारले आठ दिन बढाएर ९८ दिन तलबसहित बिदा दिने प्रस्ताव गरेको छ । सुरक्षित मातृत्व र प्रजननसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न ल्याएको विधेयकमा सरकारले हरेक महिलालाई गर्भपतन गर्ने अधिकार हुने भनेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।
‘फास्ट ट्रयाक’ मा प्रधानमन्त्री अाेलीका निर्देशन

‘फास्ट ट्रयाक’ मा प्रधानमन्त्री अाेलीका निर्देशन

काठमाडौँ, ९ भदौ । ३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् । विकास निर्माण, सुशा...
प्रधानमन्त्री ओलीलाई पाँच हजार जरिवाना !

प्रधानमन्त्री ओलीलाई पाँच हजार जरिवाना !

काठमाडौं । प्रधानमन्त्री केपी ओली र उनका सुरक्षाकर्मीले संविधानविपरीत काम गरेको भन्दै प्रदेश २ का सांसदले उनीहरूलाई पाँचपाँच हजार रुपैयाँं जरिवाना तिराउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ को संसद्लाई सम्बोधन गरेकै दिनदेखि उनीहरूले यस्तो माग गर्दै आएका हुन  । प्रदेश संसद् सम्बोधनको समयमा शनिबार प्रधानमन्त्री ओलीका साथमा गएका सैनिकले पनि संविधानको अवमूल्यन गरेको हुँदा उनीहर...
हातपात गर्ने कर्मचारी अब सीधै बर्खास्त

हातपात गर्ने कर्मचारी अब सीधै बर्खास्त

काठमाडौँ, ९ भदौ ।  कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन् । प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ । ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात ...
कोसी र गण्डक सम्झौता परिमार्जन आवश्यक

कोसी र गण्डक सम्झौता परिमार्जन आवश्यक

पटना, ८ भदौ । नेपाल र भारतबीच भएको कोसी तथा गण्डक सम्झौता समयानुकूल परिमार्जन हुन नसक्दा दुई देशकै जनता दुवै नदीबाट बर्सेनि पीडित हुनुपरेको विज्ञ तथा पीडितहरूले बताएका छन् । उनीहरूले वर्षौं पहिले भएका कोसी र गण्डक सम्झौतामा जनतासित प्रत्यक्ष जोडिएका विषय कार्यान्वयन गर्न दुवै देशका सरकार इमान्दार नहुँदा सीमावर्ती क्षेत्रका जनता बाढीको चपेटामा पर्दै आएको बताए । भारतको बिहार राज्यको पटनामा भएको ...
निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि स्थानीय आक्रोशित

निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि स्थानीय आक्रोशित

कञ्चनपुर, ८ भदौ । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दि...
मलेसियासँग श्रम सम्झौता हुँदै, अव नेपाली कामदारलाई यस्तो सहज

मलेसियासँग श्रम सम्झौता हुँदै, अव नेपाली कामदारलाई यस्तो सहज

काठमाडौँ, ८ भदौ । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोेसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदार...
एकल पुरुषलाई पनि मासिक भत्ता !

एकल पुरुषलाई पनि मासिक भत्ता !

काठमाडौँ, ८ भदौ । बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय ...
एकीकरण सिफारिसप्रति पूर्वएमालेभित्र असन्तुष्टि

एकीकरण सिफारिसप्रति पूर्वएमालेभित्र असन्तुष्टि

काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको ...
तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य

तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य

काठमाडौँ, ८ भदौ । देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ । आधारभूत तह ...
कापी–कलम किन्न नसकेपछि छात्राले लेखिन् प्रअलाई पत्र, ‘रेस्टिगेट’ गरिदिनूस्

कापी–कलम किन्न नसकेपछि छात्राले लेखिन् प्रअलाई पत्र, ‘रेस्टिगेट’ गरिदिनूस्

काठमाडौँ, ८ भदौ । संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् । बेनी नगरपालिका–६ स्थित जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीले घरमा खाने खर्च र कापीकलम किन्ने पैसा नभएकाले विद्यालय जान नसकेको भावुक पत्र प्रधानाध्यापकलाई पठाएकी छिन् । छात्रा खत्रीले पत...
‘वाइड बडी’ उडाउन नयाँ गन्तव्य पाएन निगमले

‘वाइड बडी’ उडाउन नयाँ गन्तव्य पाएन निगमले

काठमाडौँ, ८ भदौ । नेपाल वायु सेवा निगमको वाइड बडीलाई थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ ।  दुईवटा वाइड बडी विमान ल्याएर थप तीन देशमा उडान भर्ने निगमको योजना युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण असफल भएको हो । नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमले हाल सञ्चालन भइरहेकै सेक्टरमा दुवै वाइड बडी उडाउनुपर्ने बाध्यता आइलागेको छ । निगमले भारतको नयाँदिल्ली, बेंगलोर, ...
विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी

विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी

काठमाडौँ, ८ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि सम्मेलनको मुख्य एजेन्डा बन्दै छ । विमस्टेक स्थापना भएको २ दशक पूरा भइसक्दा पनि स्पष्ट नतिजा नदेखिएको र दिशाहीन बनेको भनेर आलोचना भइरहेका बेला काठमाडौं सम्मेलनले यस्ता विषयलाई प्राथमिकतामा राख्ने ...
गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, ७ भदौ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगर...
सूचनामा अंकुश लगाउँदै सरकार, विवरण पाउन सर्तैसर्त

सूचनामा अंकुश लगाउँदै सरकार, विवरण पाउन सर्तैसर्त

काठमाडौँ, ७ भदौ । सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ। विधेयकमा सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उद्देश्य, सूचना परीक्षण विधि र प...
सरकारी स्कुलमा पढे सुविधै सुविधा

सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौँ, ७ भदौ । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको  छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ । व...
निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको  छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरप...
error: Content is protected !!