काठमाडौँ, ९ भदौ । ३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ ।

Advertisement

कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् ।

विकास निर्माण, सुशासन र शान्तिसुरक्षाका सवालमा आफ्नै पहलमा महिनामा कम्तीमा ४–५ वटा बैठक बोलाएर जिम्मेवार निकाय र व्यक्तिलाई उनले निर्देशन दिने गरेका छन् । उनका पछिल्ला केही प्रतिनिधिमूलक मुख्य निर्देशन कार्यान्वयनको अवस्था कस्तो छ ?  अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ ।

यहाँ प्रधानमन्त्रीको ठाडो निर्देशन

-काडमाडौंका सडक निर्माण र पुनर्निर्माण
-कोटेश्वरको जाम हटाउन वैकल्पिक मार्ग
-सडकका पोल हटाइए
-बजार अनुगमन तीव्र
-कालिमाटी तरकारी

बजारमा ‘एक्सन’
-समयअगावै वाइडबडी जहाजको उडान
-वैदेशिक ठगी नियन्त्रण
-एक नेपाली, एक फलफूल बिरुवा अभियान

सडकमा धेरै चासो
२७ असार : कलंकी–थानकोट र बौद्ध–चाबहिल–जोरपाटी सडक सुधार गर्न मन्त्री र सचिवलाई निर्देशन

१५ साउन : निर्देशनअनुसार काम भए–नभएको बुझ्न विभिन्न मन्त्रीलगायत अधिकारीको बैठक

परिणाम : १२ भदौभित्र काम सक्ने गरी तीव्र गतिमा सडक सुधारको काम हुँदै

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!