काठमाडौँ, ८ भदौ । बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ ।

सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।

उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएकाछन् ।

बृद्धहरुको अवस्था हेर्दा केहिका छोराछोरी हुदैँनन्, कसैका छोराछोरी भएपनि ख्याल खबर गर्दैनन् र यस्ता समस्यामा परेका ब्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले बिदुर भत्ता दिने निर्णय गरेका हौँ, उनले भनिन्, ।

७०बर्ष पछि भने सरकारले नै बृद्ध भत्ता दिने भएकाले नगरपालिकाले दिने भत्ता कटौति गर्ने बताइन् । गत साउन महिना देखि लागु हुनेगरि बिदुर भत्ता बितरण गरिने ओझाले बताइन् । आजको राजधानि दैनिकमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!