काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ ।
काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि जनाउँदै प्रतिवेदन सच्याउन माग गर्ने अधिकांश जिल्लास्तरीय नेताहरू माधवकुमार नेपालनिकट छन् ।
केन्द्रीय सचिवालयले ७ भदौभित्र एकीकरण कार्यदललाई प्रतिवेदन बुझाइसक्न निर्देशन दिए पनि प्रदेश १ र २ ले अझै बुझाएका छैनन् ।
आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।