काठमाडौँ, ८ भदौ । देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ ।
शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ ।
आधारभूत तह (कक्षा १–८) सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ मा विद्यालयमा शिक्षक दर्बन्दी नै छैन । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।