संगालोखबर संवाददाता

नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ ।

विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो ।

Advertisement

पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement