काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ ।

Advertisement

चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए ।

सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भूमिकाको आलोचना गरेपछि श्रेष्ठले राजिनामा दिएका हुन ।

श्रेष्ठलाई राजिनामा फिर्ता लिन फकाउने जिम्मा भने वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको बुझिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!